कीवर्डहरू -

१० प्रतिशतले घट्यो इन्टरनेटमा लाग्दै आएको टीडीएस शुल्क, मूल्य घटाउन सहयोग होला ?

१० प्रतिशतले घट्यो इन्टरनेटमा लाग्दै आएको टीडीएस शुल्क, मूल्य घटाउन सहयोग होला ?

सरकारले इन्टरनेटमा लाग्दै आएको टिडिएस शुल्कमा १० प्रतिशतले घटाएको छ ।

सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत १० प्रतिशतले टिडिएस शुल्क घटाएको अर्थमन्त्रालयका सचिव सिशिर कुमार ढुंगानाले बताए ।

आयकर ऐनमा भएको व्यवस्थाअनुसार इन्टरने सेवा सेवा प्रदायकले इन्टरनेट व्यान्डविथ आयात गर्दा १५ प्रतिशत टिडिएस लाग्ने गरेको थियो ।

हामीले अगामी आर्थिक वर्षदेखि इन्टरनेटमा लाग्दै आएको १५ प्रतिशत टिडिएसलाई ५ प्रतिशतमा झारेका छौं,’ सचिव ढुंगानाले भने, ‘यसले पक्कै पनि इन्टरनेट व्यसायमा थप सुविधा हुनेछ ।’

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटमा लाग्दै आएको झन्डै ४६ प्रतिशत कर घटाउनु पर्ने माग गर्दै आएको थिए ।

सो विषयमा धेरै पटक छलफल गरेको र यसमा घटाउने विषयमा थप घटाउने प्रयास गर्ने सचिव ढुंगानाले बताए ।

‘हाम्रो धारणा करसँगै उपभोक्ता मूल्य पनि घटाउन सकिन्छ कि भन्ने थियो,’ सोमबार आर्थिक पत्रकार समाजले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यसमा हामीले होमवर्क गर्न खोजेका थियौं तर यसमा समय अभावले गर्दा समय दिन सकेनौं ।’

यस हिसाबले गर्दा यसमा केही सहयोग होला भन्ने लागेको उनले बताए ।
उपभोक्ताले प्रत्यक्ष लाभ कसरी पाउन सक्छन् भनेर सुनिश्चिता गरेपछि मन्त्रालय यसमा छलफल गर्न तयार रहेको उनले बताए ।