कीवर्डहरू -

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन सक्ने भएका  छ ।

कोरोना महामारीको समयलाई ध्यानमा राखेर क्यापिटलले लगानीकर्ताहरुलाई अनलाइनबाटै शेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने मुख्य उद्देश्यका साथ पीएमएसका लागी आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो ।

लगानीकर्ताहरुले लगानी व्यवस्थापन सेवा अनलाईन मार्फत सहज रुपमा घरमै बसी लिई शेयर बजारमा लगानी गरि अल्पकालीन र दिर्घकालीन फाईदा लिन सक्ने एनआईसी क्यापिटलले जनाएको छ ।

अनलाईन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले यहाँ क्लिक गरि थप जानकारीको लागि आफ्नो अनुकुल समयमा भर्चुअल मिटिङ बुक गर्न सक्ने छन् ।

साथै उक्त लगानी व्यवस्थापन सेवा लिन यहाँ क्लिक गरि रितपूर्वक आवश्यक विवरण कागजातहरु अपलोड गर्नु पर्ने छ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने छ ।

साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिमा सहजै रुपमा लगानी व्यवस्थापनको सेवा लिई शेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ ।

अहिलेको समयमा सम्पूर्ण काम अनलाईनबाट हुने र परिस्थिति सहज हुन साथ अर्थात निषेधाज्ञा समाप्त भऐ पश्चात आवश्यक प्रकृयाको लागि एन आइ सी एशिया क्यापिटलको प्रधान कार्यालय, बबरमहल, काठमाण्डौ वा क्यापिटलको शाखा कार्यालयहरुमा उपस्थित भई बाँकी प्रकृया अनिवार्य रुपमा पुरा गर्नुपर्ने छ ।