कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट

राष्ट्रिय आविष्कार केन्द्र र टेलिमेडिसन सेन्टरलाई डिशहोमको निःशुल्क इन्टरनेट

राष्ट्रिय आविष्कार केन्द्रमा डिशहोमले निःशुल्क इन्टनेट जडान गरी दिएको छ । डिशहोमले आविष्कार केन्द्रमा १०० एमबीपीएसको डिशहोम फाइबरनेट एक वर्षका लागि निःशुल्क जडान गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रमा आगामी वर्षहरुमा समेत निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले जानकारी दिए ।

‘अहिलेलाई हामीले एक वर्ष निःशुल्क गरेका छौं । उनले आइसिटी समाचारसँग भने, ‘अन्य वर्षहरूमा पनि यो सेवा निःशुल्क हुनेछ ।’

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आविष्कार केन्द्रमा निःशुल्क इन्टरनेट जडान गरेको हो ।
त्यस्तै डिशहोमले नेपाल मेडिकल एशोसिएसनले सञ्चालन गर्ने टेलिमेडिसन सेवाका लागि पनि निःशुल्क इन्टरनेट दिने भएको छ ।

हामीले नेपाल मेडिकल एशोसिएसनसँग पनि गरिरहेका छौं । उहाँहरुले हिजो टेलिमेडिसन सेन्टर स्थापना गर्नुभएको छ,’ सीईओ आचार्यले आइसिटी समाचारसँग भने, ‘त्यहाँ पनि हामी निःशुल्क इन्टरनेट दिने प्रक्रियामा छौं ।’

नेपाल मेडिकल एशोसिएसनले सोमबार मात्रै नेपाल चेम्बर्स अफ कमर्सको मुख्य प्रायोजन साल्ट ट्रेडिङ कर्पोरेसन र इश्वरलाल प्रतिष्ठानको सह प्रायोजनमा तथा मिदास टेक्नोलोजिजको प्राविधिक सहयोगमा टेलिमेसिसिन सेन्टर स्थापना गरेको हो ।

उक्त टेलिमेडिसिन सेवा मेरो डाक्टरको मोबाइल एप बाट वा वेबसाइटबाट लिन सकिने छ ।