कीवर्डहरू -

कन्टेन्टडरले सार्वजनिक गर्‍यो ‘वेबसाइट बनाउने, एक्सट्रा पैसा कमाउने’ अभियान

कन्टेन्टडरले सार्वजनिक गर्‍यो ‘वेबसाइट बनाउने, एक्सट्रा पैसा कमाउने’ अभियान

कन्टेन्टडर ले ‘वेबसाइट बनाउने, एक्सट्रा पैसा कमाउने’ अभियान सार्वजनिक गरेको छ । कन्टेन्डर अष्ट्रेलियामा आधारित ड्रयाग एण्ड ड्रप वेबसाइट बनाउने प्लेटफर्म हो ।

यो प्लेटफर्म ब्रेनडिजिट आईटी सोलुसन प्रालि नेपालको टिमले बनाएको हो । कम्पनीले कन्टेन्टडरको प्रडक्ट विक्री र मार्केटिङ गर्दै आएको छ ।

कन्टेन्टडरको ‘वेबसाईट बनाउने, एक्सट्रा पैसा कमाउने’ अभियानले वेबसाइट बनाएर थप पैसा कमाउन सकिने जनाएको छ । यो अभियानमा कम्पनीले फ्रिल्यानसहरुलाई नियुक्त गरेर वेबसाइट बनाउनका निम्ति प्रशिक्षण दिनेछ ।

महामारीको समयमा धेरैलाई गाह्रो भइरहेको कुरालाई मध्यनजर गर्दै ती मान्छेहरुलाई मद्दत पुर्‍याउन कन्टेन्टडरले रोजगारको अवसर सिर्जना गरेको बताइएको छ । यो वेबसाइट र वेबपेज बनाउने कामले प्रविधिसँग जाोडिएको र प्रविधिमा नलागको दुवैखालको व्यक्तिलाई आर्कषित गर्न खोजेको हो ।

वेबसाइट बनाउँदा ड्रयाग एण्ड ड्रपको फिचर रहेकाले यसका लागि कोडिङ नआएको व्यक्तिले पनि काम गर्न सक्नेछन् । जस कारण जसले पनि एसईओ मैत्री र मोबाइल रिस्पोन्सीभ वेबसाईट र टेम्प्लेट बनाउन सक्नेछन् ।

वेबसाइट नभएका साना तथा मझ्यौला वर्गको व्यवसाय तथा उद्यमीहरुले यो अभियानबाट फाइदा पाउन सक्नेछन् । यसले गर्दा ती कम्पनीहरुले पनि आफुलाई डिजिटल युगमा लैजान पाउनेछन् र आम्दानीमा पनि वृद्धि हुनेछ ।

फ्रिल्यान्सरहरुले पनि आफ्नै समयानुसार काम गरेर पैसा कमाउन पाउनेछन् । कन्टेन्डरमा कसरी वेबसाइट बनाउने बारे पनि कम्पनीले निःशुल्क तालिम दिदै आएको छ ।