कीवर्डहरू -

सानिमा बैंकको मोबाइल बैकिङ एपबाटै अब रेमिट्यान्स पाउन सकिने

सानिमा बैंकको मोबाइल बैकिङ एपबाटै अब रेमिट्यान्स पाउन सकिने

सानिमा बैंकले आफ्नो ग्राहकहरुले अब बैंकको मोबाइल बैकिङ्ग एप सानिमा सजिलो ई-बैकिङ्गबाटै रेमिट्यान्स प्राप्त गर्न सक्ने भएका छन् । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ ।

यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैकिङ्ग एपबाट पठाउन सक्ने पनि बैंकले जनाएको छ ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको ‘सेन्ट रेमिट्यान्स’मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरू मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् ।