कीवर्डहरू -

यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र

यसरी अन्य ग्यास सिलिन्डरलाई अक्सिजन सिलिन्डर बनाउँदै छ राष्ट्रिय आविष्कार केन्द्र

राष्ट्रिय आविष्कार केन्द्रले विभिन्न ग्यासको लागि प्रयोग भइरहेका सिलिन्डरलाई अक्सिजन भर्न प्रयोग सुरु गरेको छ ।

विभिन्न प्रयोगजनको लागि नाइट्रोजन, आर्गन र हिलियम ग्यास भरिएका वा अहिले खाली भएका सिलिन्डरहरुलाई सफा गरेर अक्सिजन सिलिन्डरको रुपमा प्रयोग गर्न लागेको जनाएको छ ।
अक्सिजन ग्यासको सिलिन्डर अभाव भइरहेको बेलामा केन्द्रले त्यो माग पुरा गर्न नयाँ विधि अपनाउन लागेको हो ।

त्यस्ता, सिलिन्डरको परीक्षण राष्ट्रिय आविष्कार केन्द्रमा भइरहेको छ । सुरक्षाको मापन गर्नका निम्ति अक्सिजन भरेर पनि जाँच गरिएको केन्द्रले बताएको छ ।

यो प्रक्रियाले पनि बिना कुनै गन्ध ९९ प्रतिशत नै शुद्ध अक्सिजन बनिरहेको जनाएको छ । अरु ग्यासको खाली सिलिण्डरमा अक्सिजन ग्यास भर्नका निम्ति आविष्कार केन्द्रले भारत सरकारले तयार गरेको मापदण्डलाई अपनाएको छ । नेपालमा कसरी गर्ने भनने कुनै पनि विधि वा गाइडलाइन भएको हुदा भारतकोे उद्योग तथा वाणिज्य मन्त्रालयले तयार परोको निर्देशिका अनुसार गरेको हो ।

नाइट्रोजन, आर्गन र हिलियम ग्यासहरु निस्क्रिय र गैर विषाक्त ग्यास हुने र  सिलिन्डरहरुको चाप थाम्न सक्ने क्षमता अक्सिजन सिलिन्डर कै हाराहारीमा हुने भएकाले यसो गर्न सम्भब भएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए ।

उनीले कसैसँग ति ग्यासहरुको सिलिन्डरहरु भएमा र त्यसलाई महामारीको सहयोगका लागि प्रयोग गर्न चाहेमा राष्ट्रिय आविष्कार केन्द्रमा ल्याएर दिनका निम्ति पनि आह्वान गरेका छन् । यसपश्चात केन्द्रले आफै विधि अनुसार सफा गरेर र जाँच गरेर सिलिण्डर ल्याएदिएको व्यक्तिलाई नै अक्सिजन भरेको सिलिण्डर फिर्ता गरिदिने पनि पुनःले बाएका छन् । त्यो सिलिण्डर अरु सामान्य अक्सिजन सिलिण्डर जसरी प्रयोग गर्न सकिन्छ ।

भारत सरकारले जारी गरेको सफा गर्ने  विधिहरुको सर्कुलरअनुसार राष्ट्रिय आविष्कार केन्द्रले तलको प्रक्रिया प्रयोग गरेर निस्क्रिय र गैर विषाक्त ग्यासको सिलिण्डरलाई चिकित्सा अक्सिजन सिलिण्डरमा परिणत गरिदिन्छ ।

१. सर्वप्रथम सिलिण्डरमा पहिलेदेखि रहेको ग्यासलाई निकालेर बाहिर र भित्र दुवैतिर सफा गरिन्छ । त्यसपछि पूर्ण रुपले सफा गर्नका निम्ति पानी, तेल, हाइड्रो कार्बन जस्ता अशुद्धताहरुलाई हटाइन्छ । भल्भलाई पनि सुरक्षित तरिकाले हटाउनुपर्छ । यसमा कार्बन टेटा क्लोराईडको मात्रा हुनुहुँदैन किनभने कार्बन टेटा क्लोराईड एकदमै हानिकारक हुने गर्छ ।

२. सिलिण्डरको पूर्ण रुपमा जाँच भएको हुनुपर्छ । सिलिण्डरलाई हल्का खालको डिटरजेंटले पनि सफा गर्नुपर्छ । त्यस्तै चिल्लोपना हटाउनका लागि ‘क्लिनिङ सल्युसन’ले पनि सफा गरिन्छ ।

३. त्यसपछि सिलिण्डरलाई पुनः तातो पानीले भर्नुपर्छ ।

४. यति गरेपछि सिलिण्डरलाई हावाको मद्दतले सुकाइन्छ ।

५. महामारीको समय भएकाले क्रोम प्लेटिङबिनाकै अक्सिजन भल्भ प्रयोग गरिन्छ ।

६.यसपश्चात सिलिण्डरलाई चिकित्सा अक्सिजनलाई चाहिने रङ्गले रोगन गरिन्छ ।

७. चिकित्सा अक्सिजन सिलिण्डरमा परिणत गरेका सिलिण्डरहरुको रेकर्ड लिएर राखिन्छ ।

निस्क्रिय र गैर विषाक्त ग्यासको सिलिण्डरलाई चिकित्सा अक्सिजन सिलिण्डरमा परिणत गराउन ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिन्छ ।