कीवर्डहरू -

असार १२ गतेदेखि प्रोभाथन आयोजना गर्दै सिएसआईटी एसोसिएसन अफ नेपाल

असार १२ गतेदेखि प्रोभाथन आयोजना गर्दै सिएसआईटी एसोसिएसन अफ नेपाल

सिएसआईटी एसोसिएसन अफ नेपालले असार १२ गते देखि प्रोभाथन आयोजना गर्ने भएको छ । प्रोभाथन भनेको एक महिना लामो राष्ट्रिय स्तरको ह्याकाथन हो । कोभिडका कारणले सिएसआईटीले भर्चुअल रूपमा धेरै मान्छेहरु राखेर कार्यक्रम आयोजना गर्ने भएको छ ।

यो कार्यक्रम नवीन विचार र इनोभेसनको स्तर बढाउन आयोजना गर्न लागिएको जनाइएको छ । प्रोभाथन २०२१ को थिम ‘लेट योर कोड विटनेसस द चेन्ज’ रहेको छ । प्रोभाथनको विषय भने शिक्षा, स्वास्थय र रोजगारको क्षेत्रमा कोभिडको प्रभावलाई कसरी हटाउने भन्ने रहेको छ ।

कार्यक्रममा भाग लिनलाई सहभागीहरुले आ आफ्नो क्षेत्रबाट ह्याकाथनमा सहभागी हुन पाउनेछन् । यसका लागि सर्वप्रथम सिएसआईटी एसोसिएसन अफ नेपालले निकालेको फर्म भरेर आफ्नो आईडिया रजिस्टर गर्नुपर्ने हुन्छ ।

त्यही आईडियाको भरमा हरेक क्षेत्रका क्षेत्रीय समितीले १० उत्कृष्ट टिमहरुलाई प्रतिस्पर्धाका लागि अगाडि राउण्डमा लैजान्छन् । हरेक क्षेत्रको ह्याकाथनबाट २ टिम छानिन्छन् र फाइनल राउण्डमा सबै क्षेत्रका टप २ टिमहरुले उत्कृष्टका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो कार्यक्रममा सहभागी हुन एउटा टिममा कम्तीमा पनि तीन जना सदस्य र बढिमा ४ जना सदस्य मात्रै हुनुपर्छ । सहभागीका आईडीयाहरु इनोभेटिभ हुनुपर्छ । सहभागी सदस्यहरु भने दुवै प्राविधिक र गैर-प्राविधिक क्षेत्रको हुन सक्नेछन् ।

प्रतिस्पर्धामा कोड मूल्याकंन, परियोजनाको समाप्ति र प्रेजेन्टेसनको आधारमा मूल्याकंन गरेर निर्णय गरिने आयोजकले बताएका छन् । रेजिस्ट्रसन फर्म खुलिसकेको छ र यो असार ५ मा बन्द हुनेछ । आफ्नो आइडिया रजिस्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।