कीवर्डहरू -

डिशहोमका ग्राहकलाई अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकलाई अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका छन् । डिशहोमको लाइफस्टाइल एचडी प्याकेजका ग्राहकले मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका हुन् ।

डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले २५ एमबीपीएसको डिशहोम फाइबर नेट मासिक २३३ रूपैयाँमा पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

‘अहिले लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले त्यसमा मासिक २३३ रूपैयाँ थपेर २५ एमबीपीएसको इन्टरनेट पाउने छन् ।’

सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा मासिक २३३ रूपैयाँ डिशहोमको फाइबर नेट पाउने छन् । हाल २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने उनले बताए ।

लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका सबै एचडी तथा एसडी च्यानल हेर्न सकिन्छ । अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको सापकोटाले बताए ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले जानकारी दिए ।

डिशहोम प्रयोग गरिरहेका ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।