कीवर्डहरू -

मोबाइल, ल्यापटप, स्मार्टवाच, कार र अन्य उपकरणमा प्रयोग गर्न सकिने हुवावेको ‘हार्मोनी ओएस’

मोबाइल, ल्यापटप, स्मार्टवाच, कार र अन्य उपकरणमा प्रयोग गर्न सकिने हुवावेको ‘हार्मोनी ओएस’

ह्वावेले फोनका लागि नयाँ अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले बुधबार स्मार्टफोनका लागि हार्मोनी अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।

ह्वावेको हार्मोनी ओएस शुरुमा केही स्मार्टफोन मा प्रयोग गर्न सकिने छ । प्रयोगकर्ताले अहिले रहेको गूगलको एन्ड्रोइड ओएसलाई परिवर्तन गरेर हार्मोनी अपरेटिङ सिस्टम प्रयोग गर्न मिल्ने छ ।

अब देखि कम्पनी पूर्ण रुपले एन्ड्रोइडमा भर नपर्ने देखिएको छ । अमेरिकाले डेटा सुरक्षाका लागि भन्दै ह्वावेको नयाँ फोन मोडेलहरुमा गूगललाई प्राविधिक सहयोग र अरु मोबाइल सेवा दिनबाट रोक लगाईदिएको छ ।

यही कारणले पनि ह्वावेले आफ्नै ओएस ल्याएको हो । यो ओएसलाई ह्वावेले ईन्टरनेट अफ थिङ्गस प्लेटफर्मको रुप दिएको छ जसले गर्दा यो ल्यापटप, स्मार्टवाच, कार र अरु उपकरणमा पनि कनेक्ट गरेर चलाउन सकिन्छ ।

कम्पनीले हिजो भिडियो सार्वजनि गर्दै हार्मोनी ओएस प्रयोग गरिएको ट्याबलेट, स्मार्टवाच र स्टाइलस सार्वजनिक गरेको छ । प्रेजेन्टेसनमा पि ५० फोनको टिजर पनि रहेको थियो ।

ह्वावेले २०० मिलियन स्मार्टफोन र १०० मिलियन थर्ड पार्टी स्मार्ट डिभाइसमा हार्मनी ओएस प्रयोग गर्ने लक्ष्य राखेको छ ।

एकसमयमा विश्वको पहिलो स्थानमा रहेको स्मार्टफोन कम्पनी अहिले छैटौँ स्थानमा रहेको छ । यो नयाँ ओएसले ह्वावेलाई माथिल्लो स्थानमा आउन मद्दत पुर्‍याउन सकिने देखिन्छ ।