कीवर्डहरू -

मोबाइल व्यवसाय बन्द गरेपछि आफ्नो डिजिटल वालेट पनि बन्द गर्दै एलजी

मोबाइल व्यवसाय बन्द गरेपछि आफ्नो डिजिटल वालेट पनि बन्द गर्दै एलजी

एलजीले आगामी नोभेम्बरमा आफ्नो डिजिटल वालेट एलजी पे बन्द गर्ने योजना बनाएको छ । प्रयोगकर्ताहरुले मङ्गलबार देखि एलजी पेबाट किनमेल गर्न वा गिफ्ट कार्ड एड गर्न सक्ने छैनन् ।

अगस्ट १ देखि कम्पनीले नयाँ प्रयोगकर्ता अस्वीकार गर्ने पनि जनाएको छ । अहिलेका प्रयोगकर्ताहरुले पनि नयाँ क्रेडिट कार्ड रजिस्टर गर्न पाउँदैनन् । प्रोभिजन्ड कार्डलाई भने कम्पनी पूर्ण रुपमा बन्द नभएसम्म प्रयोग गर्न सकिन्छ ।

एलजी पे बन्द भएपनि कम्पनीको अरु सेवामा कुनै असर नपर्ने एलजीले जनाएको छ । एलजी पेको प्रयोगकर्ताहरुलाई कम्पनीले नोभेम्बरसम्ममा आफ्नो फण्ड सक्याउनलाई सुझाव दिएको छ ।

एलजी पे पहिलो चोटि सन् २०१८ मा घोषणा गरिएको थियो । अप्रिलमा एलजीले स्मार्टफोन बनाउन पनि बन्द गर्ने निर्णय गरेको थियो ।