कीवर्डहरू -

डिजिटल नेपालका लागि बजेट विषयमा शनिबार डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

डिजिटल नेपालका लागि बजेट विषयमा शनिबार डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

डिजिटल नेपालका लागि बजेट विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । शनिबार अर्थात भोली साँझ ४ बजेबाट शुरू हुने डिजिटल संवादमा सरोकारवालाहरुसँग डिजिटल नेपालका लागि बजेट विषयमा छलफल हुने भएको हो ।

यस छलफलमा स्पीकरका रूपमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह सचिव अनिल दत्त र नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटा अध्यक्ष मंगेश लाल श्रेष्ठ रहेका छन् ।

त्यस्तै कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवर, इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुली, व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ, आइसिटी समाचारका सम्पादक सन्तोष न्यौपाने र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह पनि वक्ताका रूपमा सहभागी हुनेछन् ।

जुम मार्फत सञ्चालन हुने यो छलफल लिभिङ विथ आइसिटी फेसबुक पेज र आइसिटी समाचारको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुनेछ । यो कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।