आइतबार, १४ असोज, २०८०
Sunday, 01 October, 2023

नेपाल कोभिड समर्थन प्लेटफर्म बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार

टेक वेबिनारले नेपाल कोभिड समर्थन प्लेटफर्म बारे आफ्नो तिसौँ श्रृङखला आयोजना गर्ने भएको छ । यो कार्यक्रम आइतबार ६ जुन मा नेपाली समयानुसार ६ बजेदेखि सञ्चालन हुनेछ ।

कार्यक्रममा वक्ताको रुपमा परामर्शदाता बाल रोग विशेषज्ञ तथा नेपाल कोभिड समर्थनका सल्लाहकार बोर्ड सदस्य बिमल कर्ण, नेपाल कोभिड समर्थनका प्राविधिक नेतृत्व आदित्य गोयल र नेपाल कोभिड समर्थनको अभियान समन्वयक सौरभ थापा श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा नेपाल कोभिड समर्थन प्लेटफर्म महामारीको समयमा कसरी मद्दत पुर्‍याईरहेको छ भन्ने बारे छलफल गरिनेछ । त्यस्तै नेपालको स्वास्थ्य सेवाको अवस्थाको बारेमा पनि छलफल गरिनेछ ।

गोयलले नेपाल कोभिड समर्थन प्लेटफर्ममा के के फिचर छ र कुन प्रविधि प्रयोग गरिएको छ भन्ने बारे बताउँने छन् । कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहोस् । 


 

सम्बन्धित समाचार