कीवर्डहरू -

वित्तिय क्षेत्रमा डिजिटाइजेसन व्यापक बढेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ

वित्तिय क्षेत्रमा डिजिटाइजेसन व्यापक बढेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ

‍अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले डिजिटाइजेसनमा वित्तिय क्षेत्र अगाडि रहेका बताएका छन् ।

शनिबार आयोजित डिजिटल संवादमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले फाइनान्सियल क्षेत्रमा डिजिटाइजेसन व्यापक रूपमा बढेको बताएका हुन् ।

कोरोना महामारी पछि वित्तिय क्षेत्रमा डिजिटाइजेसन तिब्र रूपमा विस्तार भएको उनको भनाइ छ । अहिले  क्युआर कोड, डिजिटल वालेट लगायतको प्रयोग बढेको उनले बताए ।

‘अहिले सामान्य खुद्रा पसलमा पनि क्युआर कोडबाट पेमेन्ट गर्न सकिने अवस्था छ,’ श्रेष्ठ भन्छन्, ‘महामारीपछि इकमर्स पनि फस्टाएको छ । कोरोना महामारीले शक पनि दिएको छ साथै त्यसको वैकल्पिक काम सोच्न बाध्य पारेको छ ।’

‘अहिले मोबाइलमै बैंक छ । मोबाइलबाटै पैसा तिर्न सक्छौं, लिन सक्छौं,’ उनले भने ।