कीवर्डहरू -

अब हामीले डिजिटल इकोनोमीमा फोकस गर्नुपर्छः मंगेश लाल श्रेष्ठ

अब हामीले डिजिटल इकोनोमीमा फोकस गर्नुपर्छः मंगेश लाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटीका अध्यक्ष मंगेश लाल श्रेष्ठले अब डिजिटल इकोनोमीमा फोकस हुनुपर्ने बताएका छन् ।

शनिबार आयोजित डिजिटल संवादमा बोल्दै अध्यक्ष श्रेष्ठले अब डिजिटल इकोनोमीमा फोकस गर्नुपर्ने बताएका हुन् ।

यसका लागि पूर्वाधार, डेटा सेन्टर, केन्टिभिटी कोर फाउन्डेसन भएको उनको भनाइ थियो । उनले ८० प्रतिशत स्टार्टअपहरु कतै न कतै डिजिटल इकोनोमीमा जोडिएर आउने गरेको बताए ।

डिजिटल इकोनोमीका लागि नेपालमा धेरै अवसरहरु रहेको पनि उनले जानकारी दिए ।

‘सरकारसँग सहकार्य गर्न लगानी गर्न निजी क्षेत्र तयार छ,’ उनले डिजिटल संवादमा भने, ‘सरकारले राम्रो वातावरण सिर्जना गर्नुपर्‍यो । हामीसँग टेबुलमा बस्नुपर्‍यो । बसी पनि रहेको छ नबसेको भने होइन ।’

विदेशी लगानीका साथसाथै स्वेदेशी लगानीलाई पनि सरकारले प्रोत्साहन गर्नुपर्ने श्रेष्ठले बताए ।