कीवर्डहरू -

गूगलले कुन अडियो रेकर्ड गरेको छ भनेर हेर्न के गर्ने ?

गूगलले कुन अडियो रेकर्ड गरेको छ भनेर हेर्न के गर्ने ?

एन्ड्रोइड प्रयोगकर्ताहरुले पक्कै पनि धेरैजसोले गूगल एसिस्टेन्ट प्रयोग गरेकै हुनुपर्छ । तपाईको प्रश्नको उत्तर दिनका निम्ति गूगलले भ्वाइस रेकर्ड गर्ने गर्दछ । गूगलले कुन अडियो रेकर्ड गरेको छ भनेर थाहा पाउन एआई भ्वाइस एसिस्टेन्टको प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथम प्रयोगकर्ताले आफ्नो गूगल अकाउन्टका लग इन गर्नुपर्ने हुन्छ । त्यसपछि गूगल एप खोलेर दायाँ भागको माथितिर रहेको प्रोफाइलमा गएर थिच्दा ‘म्यानेज योर गूगल अकाउन्ट’ भन्ने अप्सन आउँछ र त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि गूगल अकाउन्ट पेजको तल रहेको डेटा एण्ड पर्सन्लाईजेसन भन्ने ट्याकमा थिच्नुपर्छ र ‘म्यानेज योर एक्टीभिटी कन्ट्रोल्स’ भन्ने अप्सन आउँछ र तल स्क्रोल गरेर ‘म्यानेज एक्टीभिटी’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

यसपछि ‘फिचल्टर बाई डेट’ भन्नेमा क्लिक गर्ने र भ्वाइस रेकर्डिङमा थिचेर अप्लाई थिच्ने जसले गर्दा गूगलले कुन अडियो रेकर्ड गरेको छ भन्ने थाहा हुन्छ ।