कीवर्डहरू -

चीनले बनायो विश्वकै ठूलो फाइभजी नेटवर्क, ८ लाख ५० हजार स्टेसन निर्माण

चीनले बनायो विश्वकै ठूलो फाइभजी नेटवर्क, ८ लाख ५० हजार स्टेसन निर्माण

विश्वका विकसित देशहरुमा नयाँ प्रविधिको विकास र यसको व्यवसायिक प्रयोगमा युद्ध जस्तै तछाडमछाड चलिरहेको छ ।

अहिले विश्वका विकसित देशदेखि नेपालजस्ता अति कम विकसित मुलुक पनि पाचौँ पुस्ताको मोबाइल ब्रोडव्यान्ड इन्टरनेट फाइभजी प्रयोग र विस्तारमा लागिपरेका छन् ।

फाइभजीको प्रयोग र विस्तारको कुरा गर्दा चीन, अमेरिका, कोरिया, स्वीडेन जस्ता देशहरु अगाडि देखिएका छन् ।

छिमेकी देश चीनको कुरा गर्ने हो भने उसले अहिलेसम्म विश्वमै ठूलो फाइभजीको स्टेसन नेटवर्क बनाइसकेको छ भने यसमा जोडिने मोबाइल पनि करोडौं पुगिसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार चीनमा झन्डै ८ लाख ५० हजार फाइभजी बेस स्टेसन बनिसकेका छन् । ग्लोबल टाइम्सका अनुसार यो विश्व कै सबैभन्दा ठूलो स्वतन्त्र फाइजी नेटवर्क हो ।

फेब्रुअरीको अन्तसम्म ७ लाख ९२ हजार फाइभजी स्टेसन निर्माण गरिसकेको थियो । त्यो बेलाम्म उसले बनाएको फाइभजी नेटवर्क २६ करोडभन्दा धेरै फाइभजी मोबाइल नेटवर्कमा जोडिसकेका थिए ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईटीटी)मा फाइभजी उद्योगको नयाँ इनोभेसन सम्बन्धी दश हजारभन्दा धेरै आवेदन परेका छन् ।

चीनले सन् २०२५ सम्म फाइभजी नेटवर्क पूर्वाधार निर्माण सम्पन्न गरिसक्ने योजना बनाएको छ । यसले आफ्नो चौधौं पञ्चवर्षे (२०२१–२५) मा फाइभजीको सम्पुर्ण पूर्वाधार निर्माण पूरा गर्ने र नेटवर्क स्पिड र कभरेजलाई राम्रो बनाउने लक्ष्य राखेको छ ।

चीनले ढुवानी गर्ने कुल मोबाइलमध्ये यो वर्षको मध्यसम्म ८० प्रतिशत पुग्ने पनि अनुमान गरेको छ ।
चीनले निर्माण गरेको फाइभजी नेटवर्क विश्वका १३९ देशमध्ये टप स्थानमा पर्छ । पछिल्लो दिनमा फाइभजी नेटवर्क कभरेज र प्रयोगकर्ता उल्लेख्य बढेका छन् ।
चीनले सहरी क्षेत्र र ठूला सहरहरुमा फाइभजी प्रभावकारितको लागि ‘डबल गिगावाइट’ पूर्वाधार बनाउने योजनासमेत बनाएको छ ।

डबल गिगावाइट’ ब्रोडव्यान्ड तार र ताररहित हुनेछ जुन २०२३ सम्म निर्माण सम्पन्न गर्ने योजना सार्वजनिक गरेको छ । यो पूर्वाधारले खासगरी चीनको सहरी क्षेत्र र ठूला सहरलाई कभर गर्नेछ ।

फाइजी टेक्नोलोजीको विकास भएसँगै चीनको जायन्ट टेक कम्पनी ह्वावेले यसमा काम गरिरहेको छ । उसले २०३० सम्म सिक्सजी पनि सार्वजनिक गर्ने बताएको छ । सिक्सजी फाइभजीभन्दा ५० गुणा छिटो हुने बताएको छ ।

फाइजी टेक्नोलोजीको विकास भएसँगै चीनको जायन्ट टेक कम्पनी ह्वावेले यसमा काम गरिरहेको छ । उसले २०३० सम्म सिक्सजी पनि सार्वजनिक गर्ने बताएको छ । सिक्सजी फाइभजीभन्दा ५० गुणा छिटो हुने बताएको छ ।

ह्वावेले विश्व मै सिक्सजी विकास र अनुसन्धानमा अग्रणी स्थानमा रहेको छ ।
विश्व मै फाइजी निर्माणको बजार उच्चस्थानमा छ । सन् २०२० को पहिलो त्रैमासिक अवस्थामा ह्वावेले विश्वमा फाइजी मार्केट र यसको प्रविधि, उपकरणमा टपमा रहेको छ । उसले विश्व कै जम्मा बजारको ३२.८ प्रतिशत ओगटेको बताइएको छ ।

चीनमा एक वर्षअघि नै व्यवसायिक सुरुवात गरेको थियो । त्यसपछि विश्वभर कोभिड संक्रमण बढेसँगै फाइभजी पूर्वाधार निर्माणमा असर गरे पनि यसलाई तीव्रता थिएको छ ।

नयाँ पुस्ताको फाइभजी नेटवर्कले आमा मानिसको दैनिक जीवनलाई गहनरुपले परिवर्तन गर्ने आशा गर्ने अुनमानट गरिएको छ । साथै, यसले व्यक्तिगत उपभोग र काम गर्ने शैलीमा परिवर्तन गर्नेछ । साथै सामाजिक सञ्जालको अन्र्तक्रियामा व्यापक परिवर्तन गर्ने अनुमान गरिएको छ ।

चीनले अहिलेसम्म निर्माण गरेको फोरजी नेटवर्क वेस स्टेसन संचारका कुल स्टेसनमध्ये आधा रहेका छन् ।