कीवर्डहरू -

एप्पलले के के सार्वजनिक गर्‍यो वार्षिक डेभलपर सम्मेलनमा ?

एप्पलले के के सार्वजनिक गर्‍यो वार्षिक डेभलपर सम्मेलनमा ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२१ सोमबारदेखि सुरु भएको छ। हरेक वर्ष आयोजना हुने यो डेभलपर कन्फेरेन्समा चिभिन्न प्रडक्टहरु सार्वजनिक गर्छ ।

जुन ११ सम्म चल्ने डेभलपर कन्फेरेन्समा हिजो एप्पलले थ्रुपै घोषणा गरेको छ । आज हामी तपाईलाई एप्पलले हिजो के के सार्वजनिक गर्‍यो भनेर जानकारी दिदैछौं ।

आईओएस १५

आईओएस १५ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाउने भएको छ । कम्पनीले हिजो डेभलपर कन्फेरेन्समा आईओएस १५ सार्वजनिक गरेको हो । यो ओएस अपडेटमा मेसेज, फोटो, म्याप र नोटिफिकेसनमा थुप्रै अपडेटहरु आउने छन् ।

फेसटाइम

फेसटाइमलाई पनि कम्पनीले उन्नत बनाएर अझै वास्तविक बनाउने बताएको छ । कलमा बोलिरहको साथीको आवाज एकदमै प्रष्ट आउनेछ र यसमा नोइज रिडक्सन फिचर पनि हुनेछ जसले कुनै अरु आवाज आईरहेको समयमा म्यूट गर्न दिनेछ ।

आफ्नो कलरले अरु वरिपरीको सबै आवाज सुनाउन भने कम्पनीले वाईड स्पेक्ट्रम मोड ल्याउने छ । कलमा प्रोट्रेट मोड राखेर ब्याकग्राउण्डलाई धमिलो पनि बनाउन सकिन्छ । यसले तपाईको अनुहार बाहेकको सबै ब्लर गरिदिन्छ ।

एप्पल म्याप

म्यापलाई एप्पलले अझै विस्तृत बनाउने भएको छ । यसमा थ्रीडी एलीभेसन म्यापहरु हुनेछन् । त्यस्तै क्रसवाक, बाइक लेनहरु पनि कम्पनीले प्रष्ट तरीकाले देखाउने भनेको छ । त्यस्तै म्यापमा कुन दिशामा जाने हो भनेर फोनको क्यामेराबाट स्कयान गर्न पनि सकिनेछ ।

सेयरप्ले

शेयरप्लेले प्रयोगकर्तालाई कलको समयमा पनि भिडियो हेर्न दिनेछ । त्यस्तै पिक्चर इन पिक्चर सपोर्टका कारणले फिल्म हेर्दाहेर्दै फोनमा अरु काम पनि गर्न मिल्ने हुनेछ ।

एप्पलले सेयरप्ले एपिआई पनि ल्याउने भएको छ जसले गर्दा सेयरप्लेको फिचर डिज्नी प्लस, हुलु, एचबिओ म्याकस, ट्वीच, टिकटक, प्यारामाउण्ट प्लस जस्ता एपहरुले पनि प्रयोग गर्न पाउनेछन् । त्यस्तै स्क्रीन सेयरको माध्यमले एक अर्काको फोनमा के चलिरहेको छ भनेर पनि हेर्न सकिने छ ।

सेक्युरिटी अपडेट्स

एप्पलले सेटिङ्गमा एप प्राईभेसी रिपोर्ट भन्ने राखेको छ जसले कुनै पनिएपले तपाईको लोकसेन, फोटो कतिको पहुँच गर्याे भनेर देखाउने गर्दछ । सिरीको पनि अडियो रेकर्ड फिचर  अफ गरिएको छ ।

सेयर विथ यू फिचर

मेसेजमा पनि अपडेट आउने भएको छ जसले गर्दा साथीहरुले मेसेजमा कुनै फोटो पठाएमा त्यो डिभाइसको एल्बममा सेभ हुनेछ । यसले प्रासगिंक फोटोहरुलाई मात्रै सेभ गर्छ र स्क्रीनसट पठाएको अवस्थामा सेभ गर्दैन् । यसलाई सेयर विथ यू फिचर भनिन्छ ।

सेयर विथ यू फिचर एप्पल म्यूजिक र एप्पल टिभीसँग पनि काम गर्नेछ जसले गर्दा साथीहरुले कुनै गीत वा शो पठाएमा त्यो पिन भएर बस्ने गर्दछ ।

फोकस मोड

नेटिफिकेसनमा पनि एप्पलले परिवर्तन ल्याउने भएको छ । अब जुन एपबाट नेटिफिकेसन आउँछ त्यो एपको आइकन ठूलो बनाएर डिभाइसले नोटिफिकेसन देखाउनेछ ।

त्यस्तै नेटिफिकेसन सम्मरीले तपाईले कुनकुन नेटिफिकेसन छुटयाउनु भएको छ भन्नेबारे स्नापसट दिएर जानकारी दिनेछ ।

यसले प्रयोगकर्ताको सबैभन्दा बढी मनपर्ने एपको आधारमा नोटिफिकेसन देखाउनेछ । धरै नोटिफिकेसन आईरहेको अवस्थामा आईओएसले फोकस मोड अन गर्न पनि दिनेछ ।

यसमा वर्क, स्लीप र पर्सनल भन्ने अप्सनहरुबाट एउटा छान्न सकिने कम्पनीले बताएको छ । डू नट डिस्टर्ब मोडले कुनै पनि नोटिफिकेसन आउन दिदैन् ।

यस्तो मोड अन गरेको बेलामा मेसेजले प्रयोगकर्ता अहिले उपलब्ध हुन सक्दैनन् भनेर जानकारी दिनेछ । यी मोडहरु आईफोन, आईप्याड, म्याकबुक र एप्पल वाचका लागि पनि उपलब्ध हुने छन् ।

वालेट

आईओएस १५ ले गर्दा प्रयोगकर्ताले वालेट एप मार्फत होटेल की पनि पाउन सक्नेछन् । एप्पलले वालेटमा आईडेन्टीटी कार्ड पनि ल्याउन सफल भएको छ । यसले गर्दा एपमा आफ्नो ड्राइभर लाईसेन्स पनि स्क्यान गर्न सकिन्छ ।

लाइभ टेक्सट

लाइभ टेक्स्टको फिचर पनि ल्याउने छ जसले क्यामेरामा देखाईरहेको कुरामा शब्दहरुलाई हाइलाईट गर्न दिनेछ । यहाँबाट टेक्स्ट कपी गरेर कतै अन्त लगि पेस्ट गर्न सकिन्छ ।

यो फिचर तपाईको फोनमा पहिले देखिनै भईरहेको पिक्चर वा स्क्रीनसटको निम्ति पनि काम गर्नेछ । लाइभ टेक्स्टले पिक्चरको ठेगाना जस्तो जानकारी पनि पत्ता लगाउन सक्छ ।

एप्पल मेमोरिज

एप्पलले मेमोरिज भन्ने फिचर पनि ओएस अपडेटमा ल्याएको छ जसले प्रयोगकर्ताको फोटो र भिडियो क्युरेट र स्टीच गरेर एआई निर्मित होम मूभीहरु बनाउने गर्दछ ।

ब्याकग्राउण्ड म्यूजिक राख्नका लागि प्रयोगकर्ताले एप्पल म्यूजिक पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै भिडियोमा एनिमेसन गरिएको भिडियो शीर्षक पनि राख्न सकिन्छ ।

एयरपोड अपडेट

एयरपोले अब देखि भल्युम बुस्ट गर्न पनि दिनेछ । त्यस्तै ब्याकग्राउडको हल्लालाई पनि नियन्त्रित गर्न दिनेछ । एयरपोड अब फाइण्ड माई एपसँग पनि काम गर्ने भएको छ ।

यसलाई छोडेर गएमा प्रयोगकर्तालाई एयरपोडले सावधान पनि गराउनेछ । यसमा स्पाटियल अडियोको फिचर पनि हुनेछ ।