कीवर्डहरू -

नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्था एक भारतीय पक्राउ

नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्था एक भारतीय पक्राउ

उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रियुगा नगरपालिका-३ बस्ने भारत मधुवनी ग्राम पंञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त एटिएम मेसिन अपरिचित व्यक्तिहरुले तोडफोड गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई नियन्त्रणमा लिएको हो ।

अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।