कीवर्डहरू -

लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको छ  । मंगलबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गरिने उल्लेख गरिएको छ ।

‘प्रदेश सरकारको आधिकारिक पोर्टल सञ्चालनमा ल्याइनेछ । ब्लकचेन र स्मार्ट कन्ट्रयाक्टको माध्यमद्वारा साना, मझौला तथा स्थानीय कृषक व्यवसायीलाई आवश्यक इ-बजारको व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेशको आफ्नै भौगोलिक सूचना प्रणालीको स्थापना गरी एकीकृत रूपमा सूचना व्यवस्थापन गरिने र प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्नको लागि डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम स्थापना गरी लागु गरिने जनाइएको छ ।