काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’का रूपमा मनाउँदै आएको छ । यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ ।
यस वर्षको आफ्नो ७१ औँ वार्षिकोत्सवका अवसरमा यामाहा नेपालले नेपालका सातै प्रदेशमा विविध कार्यक्रम आयोजना गर्दै ग्राहक, कर्मचारी, डिलर तथा आफ्नो फराकिलो समुदायलाई एकै ठाउँमा ल्याएर सात दशकभन्दा लामो विश्वास, प्रदर्शन र नवप्रवर्तनको यात्रालाई स्मरण गरेको छ ।
यस उत्सवको सुरुवात देशभर रहेका यामाहा नेपालका शोरुम, डिलरशिप र कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ उद्घाटन तथा केक काट्ने कार्यक्रममार्फत गरिएको थियो । यस अवसरमा यामाहा नेपालले कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा पुर्याएका आफ्ना कर्मचारीहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरेको छ ।
नेपालभरका १०० भन्दा बढी डिलरहरूले डिजिटल माध्यमबाट कार्यक्रममा सहभागिता जनाएका थिए । साथै, यामाहा मोटर इण्डियाको डिजिटल उपस्थितिले समारोहलाई अझ विशेष बनाएको थियो ।
वार्षिकोत्सवको अवसरमा यामाहाले आफ्ना ग्राहकका लागि विभिन्न छुट तथा विशेष अफरहरू पनि ल्याएको थियो । देशभरका सेवा केन्द्रहरूमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट प्रदान गरिएको थियो ।
यसै अन्तर्गत ‘७ प्रदेश, ७ ग्राहक’ अभियान सञ्चालन गरी प्रत्येक प्रदेशबाट एक एक जना भाग्यशाली ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको थियो । साथै, जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई धन्यवादस्वरूप विशेष वार्षिकोत्सव चकलेट पनि प्रदान गरिएको थियो ।
सामाजिक सेवाको भावना अनुरूप यामाहाले देशका विभिन्न स्थानहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा, बागमतीको नक्साल र गट्ठाघर, नारायणीको भरतपुर, जनकपुरको बर्दिबास तथा कोशीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।
नेपालका प्रमुख शहरस्थित ७ शोरुममार्फत सञ्चालन गरिएको यस अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको थियो । यसैगरी, विराटनगरस्थित आफ्नो प्लान्टमा यामाहा नेपालले वृक्षारोपण कार्यक्रम पनि आयोजना गरेको थियो ।
आईसीटी समाचार