कीवर्डहरू -

फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरलाई थप पैसा दिने

फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरलाई थप पैसा दिने

फेसबुकले धेरै स्ट्रिम गर्ने क्रियटरहरुलाई थप पैसा दिने भएको छ । यसको लागि इन्स्टाग्राम एक नयाँ उपकरणमा पनि काम गरिरहेको छ ।

मार्क जुकरबर्गले स्ट्रिमरहरुले बढी पैसा कमाउनका निम्ति यो कदम चालेको बताएका छन् । इन्स्टाग्राममा क्रियटरहरुले स्ट्रिमको बेला ब्याज बेचेर बोनस पाउन सक्नेछन् ।

फेसबुकमा ‘स्टार च्यालेन्ज’ मा स्ट्रिमिङ गोल पुगेर त्यहाँ भनिएको कार्यहरु पुरा गरेमा बोनस पाउन सक्छन् । यसले स्ट्रिमरहरुलाई फेसबुक र इन्स्टाग्रामको कन्टेन्ट अझै मिहिनेत गरेर बनाउन प्रोत्साहित गर्ने कम्पनीको विश्वास रहेको छ ।

इन्फ्लुएन्सरलाई सपिङ पोस्ट हालेर सिधै एपबाट पनि कमिसन दिने फिचरको योजना रहेको पनि कम्पनीले खुलाएको छ ।

यो निर्णयसँगै इन्स्टाग्राममा बेच्ने ब्राण्डहरुले कमिसन दर राख्न थालेका छन् । यो फिचर आएपछि क्रियटरहरुले त्यस्ता ब्राण्डको प्रडक्टलाई ट्याग गरेमा त्यो पोस्टबाट कति जानाले त्यो प्रडक्ट किने भन्ने आधारमा कमिसन प्राप्त गर्न सक्नेछन् ।

इन्स्टाग्रामले अमेरिकामा थोरै केही क्रियटर राखेर सुरुमा यो फिचर जाँच गर्ने सोचेको छ । इन्स्टाग्रामले आफ्नो प्रडक्ट बेच्ने क्रियटरहरुलाई आफ्नो स्टोर इन्स्टाग्राम प्रोफाइलसँग लिकं गर्न दिने भएको छ ।

यसरी प्लेटफर्म मोनिटाइज हुँदै गएमा त्यसले धेरै प्रयोगकर्ता आकर्षित गर्ने कम्पनीको विश्वास रहेको छ ।