कीवर्डहरू -

सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस

सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस

सामसङले आफ्नो स्मार्टथिङ्ग्स नामक स्मार्ट होम एपमा नयाँ इन्टरफेस ल्याएको छ । पहिला धमिलो रङमा भएको एप अब रङ्गीबिरङ्गी रङमा हुनेछ ।

यसमा नयाँ यूआई पनि राखिएको छ र सम्पूर्ण रुपले एपलाई ताजा बनाइएको छ । यो इन्टरफेस आज एन्ड्रोइडमा आउँदै छ । यसमा अब पाँच ओटा विभाजित क्षेत्र हुनेछन् ।

१. फेभरेट्स :  यसमा नयाँ होम स्क्रीन हुनेछ र प्रयोगकर्ताहरुले छिट्टै पहुँच पाउने प्रणालीको व्यवस्था गरिएको छ ।

२. डिभाइस :  यसमा कनेक्ट गरिएको सबै स्मार्ट डिभाइसको सूची हुन्छ ।

३. लाइफ : यसले स्मार्ट थिङ्गस कुकीङ जस्तै सामसङ्ले एड अन सर्भिसेजको पहुँच पाउन दिन्छ ।

४. अटोमेसन :  यसमा विशेष गरी फोनको सेन्सरहरुको प्रणाली हुने गर्दछ ।

५. मेन्यू :  यो फिचरले नोटिफिकेसन, सेटिङ्ग, डिभाइस हिस्ट्री जस्तो जानकारी राख्छ ।

सामसङले स्मार्टथिङ्ग्सको हार्डवेयर बनाउन थर्ड पार्टीलाई दिएको छ ।