कीवर्डहरू -

अब अमेरिकामा टिकटक र विच्याट चल्ने, बाइडेनले रद्ध गरे ट्रम्पले लगाएको प्रतिबन्ध

अब अमेरिकामा टिकटक र विच्याट चल्ने, बाइडेनले रद्ध गरे ट्रम्पले लगाएको प्रतिबन्ध

अमेरिकाको राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने ट्रम्पको आदेश रद्द गरेका छन् । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटक र वीच्याटको डाउनलोडमा प्रतिबन्ध लगाउन कार्यकारी आदेश ल्याएका थिए ।

यसैलाई बाइडेनले रद्द गरिदिएका छन् । बाईडेनले टिकटक र वीच्याट लगायत अरु विदेशी एपहरुको सुरक्षा रिभ्यूको भने माग गरेका छन् ।

टिकटक छुट्टै सरकारी प्यानल रिभ्यूमा पनि जानुपर्ने छ । यसले एपहरुको प्रमाण आधारित विश्लेषणका लागि मार्गनिर्देशन दिएको छ र उनीहरुको डेटा व्यवस्थापन प्रक्रियाले कुनै जोखिम ल्याउँछ की भन्ने बारे मूल्याकंन गर्छ ।

ट्रम्पले सन् २०२० को अगस्टमा कार्यकारी आदेश पेश गरेका थिए । ट्रम्पले २०२० मा टिकटकलाई वालमार्ट वा ओराकललाई बेच्ने प्रयास पनि गरेका थिए ।