कीवर्डहरू -

नैनकला थापा बनिन् नयाँ सञ्चारमन्त्री 

नैनकला थापा बनिन् नयाँ सञ्चारमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् ।

पुर्नगठिन मन्त्रीपरिषदमा खाली रहेका मन्त्रालयमा थप मन्त्रीहरु नियुक्त गर्दै ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा थापालाई नियुक्त गरेका हुन् ।

थापा राजनीतिमा खासै नाम सुनिएको होइन । उनी पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् ।

सर्वोच्च अदालतको फैसलाका कारण रामबाहादुर थापा गृहमन्त्रीबाट निस्किएपछि पूर्व माओवादी कोटाबाट नैनकलालाई सञ्चार मन्त्रलयको जिम्मा लगाएका हुन् । यसअघि उनी महिला आयोगमा थिइन ।