कीवर्डहरू -

सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल 

सन् २०२२ मा डार्क स्काईको सेवा बन्द गर्दै एप्पल 

एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गर्ने भएको छ । एप्पलले सन् २०२० मा डार्क स्काई किनेको थियो र विज्ञहरुले त्यहीबेलानै एप्पलले डार्क स्काईको आईओएस एप र वेब टूलहरु बन्द गर्न सक्ने शङ्का गरेका थिए ।

पहिले एप्पलले सन् २०२१ मै बन्द गर्ने योजना राखेको थियो । बन्द हुन एक वर्ष बाँकी भएता पनि कम्पनीले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइट प्रयोगकर्तालाई अर्काे कुनै मौसम पूर्वानुमान एप वा वेबसाइटमा स्वीच हुन निर्णय गर्दै गर्न आग्रह गरेको छ ।

एप्पलले गत वर्ष अगस्टमा डार्क स्काईको एन्ड्रोइड एप पनि बन्द गरेको थियो । डार्क स्काईले विशेषगरी आईओएस १४ मा विस्तृत मौसम पूर्वानुमान दिन सहयोग पुर्‍याउँछ । आईओएस १५ मा यसले एक घण्टापछि पानी पर्ने जानकारी पनि दिने भएको छ ।