कीवर्डहरू -

ट्विटरमा उत्रिए कोरिया जान नपाएका हजारौं युवाहरु, लेखे ‘जस्टिस् फर इपीएस पासर’ 

ट्विटरमा उत्रिए कोरिया जान नपाएका हजारौं युवाहरु, लेखे ‘जस्टिस् फर इपीएस पासर’ 

कोरिया जान भाषा र सीप परीक्षा (इपीएस) उत्तिण गरेका हजारौं युवाहरु अहिले आन्दोलनमा छन् । बाहिर निषेधाज्ञा छ, त्यसैले उनीहरुले रोजेका छन् सामाजिक सञ्जाल ट्विटर ।

सबै प्रकृया पुरा गरेर पनि कोरिया जान नपाएको भन्दै हजारौं युवायुवतीहरुले सामाजिक सञ्जाल ट्विटरमार्फत सरकारलाई खबरदारी गरिरहेका छन् ।

जस्टिक फर इपीएस पासर #justiceforepspasser ह्यासट्यागमा दैनिक हजारौं स्टाटस आइरहेका छन् ट्विटरमा ।

अहिलेसम्म कोरिया जानको लागि भाषा उत्तिण गरेको ८ हजारभन्दा धेरै जना युवा युवती कोरिया उड्न पाएका छैन् । पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणले गर्दा सहज उडान हुन सकेको छैन ।

नेपाल सरकारले गम्भिर पहल नगर्दा आफूहरु भाषा पास गरे पनि कोरिया जान नपाएको भन्दै भन्दै ट्विटरमा सरकार विरोधमा खबरदारी गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली , प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल , हेलो सरकार लगायतलाई मेन्सन गर्दै हजारौं ट्विट भइरहेका छन् ।

‘इपीएस पासर पीडित परिवार’को आयोजनामा ट्विटरमार्फत जवाबमूलक पोष्टहरु गरिरहेका छन् । उनीहरुले ‘सम्पूर्ण इपीएस पासर श्रमिकहरु एकजुट’ हौं भन्दै ‘इपीएस रोजगारी प्रक्रिया पूरा भइ अन्तिम उडानको पखाइमा बसेका सम्पूर्ण सीबीटी, पीबीटी र कमिटेड श्रमिकहरुर्ला दक्षिण कोरिया जाने वातावरण सृजना गर’ भन्ने ब्यानरका फोटोहरु पोष्ट गरिरहेका छन् ।
कतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेका पत्रहरु राखेका छन् ।

ट्विटरमा आन्दोलन गरिरहेका युवाहरुले कोरिया जान देऊ सरकार, गरिखान देऊ सरकार, सक्छौं रोजगारी देऊ, सक्दैनौं कोरिया जान देऊ जस्ता नारा लेखेका फोटोहरु अपलोड गरिरहेका छन् ।

युवाहरुले ट्विटरमा सकारले गम्भिर भएर पहल नगर्दा आफूहरु १५ महिनादेखि कोरिया जाने भनेर पर्खिरहेको उल्लेख गरेका छन् । उनीहरुले आफ्नो पीडा पनि ट्विटरमार्फत व्यक्त गरिरहेका छन् ।