कीवर्डहरू -

यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई सेवा

यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई सेवा

नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालमै पहिलो पटक भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवा शुरू गरेको थियो ।

फोरजी प्रविधिमा आधारित भीओएलटिई सेवा प्रयोग गर्न आफ्नो मोबाइलले भीओएलटिई सेवा सपोर्ट गर्नुपर्नेछ । त्यसपछि प्रिपेड र पोस्टपेड दुबै सीममा भीओएलटिई एक्टिभेट गरेर यो सेवा प्रयोग गर्न सकिने छ ।

भीओएलटिई सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिने छ ।

टेलिकमका सेवाग्राहीले भीओएलटिई सपोर्ट गर्ने आफ्नो मोबाइलबाट *४४४# डायल गरी सिममा भीओएलटिई एक्टिभेट गर्न सक्नेछन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भीओएलटिई कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटिईको संकेत देखापर्दछ ।

भीओएलटिईको संकेत देखापरेपछि *१११# डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेटभीओएलटिई भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ ।

यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई

सामसङ

टेलिकमको भिओएलटिई सेवा सामसङको ग्यालेक्सी एम जीरो वान एस, ग्यालेक्सी एम ०२, ग्यालेक्सी एम ११, ग्यालेक्सी एम १२, ग्यालेक्सी एम २१, ग्यालेक्सीन एम ३० एस, ग्यालेक्सी एम ३१, ग्यालेक्सी ए १२, ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ५२, ग्यालेक्सी ए ५२ फोनमा चल्ने छ ।

त्यस्तै सामसङको ग्यालेक्सी ए ७० एस, ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ७२, ग्यालेक्सी नोट १०, ग्यालेक्सी एस १०, ग्यालेक्सी एस टेन प्लस, ग्यालेक्सी एस टेन इ, ग्यालेक्सी एस २०, ग्यालकेसी एस २० प्लस, ग्यालेक्सी एन २० अल्ट्रा, ग्यालेक्सी एस २० एफई, ग्यालेक्सी एन २१, ग्यालेक्सी एस २१ प्लस, ग्यालेक्सी एन २१ अल्ट्रा मोबाइलमा सेमत चल्नेछ ।

त्यसैगरी सामसङको ग्यालेक्सी नोट १०, ग्यालेक्सी नोट १० प्लस, ग्यालेक्सी नोट २०, ग्यालेक्सी नोट २० अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड २ मोबाइलमा चल्नेछ ।

साओमी

साओमीको रेडमी नाइन प्राइम, एमआई १०, रेडमी नोट नाइन प्रो, रेडमी एटए, रेडमी नोट सेभेन प्रो, रेडमी नोट १० प्रो, रेडमी नाइन सी, रेडमी नाइन ए, रेडमी नाइन प्राइम, रेडमी एट, रेडमी सेभेन, पोको एफ वान र एमआई नोट टेन लाइट  मोबाइलमा चल्नेछ ।

नोकिया

नोकियाको नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४, नोकिया जी ट्वान्टी फोनमा भीओएलटिई सेवा प्रयोग गर्न सकिने छ ।

आईफोन

आईफोन ६, आईफोन सिक्स एस, आईफोन सिक्स एस प्लस, आईफोन सेभेन, आईफोन सेभेन प्लस, आईफोन एट, आईफोन एट प्लस, आईफोन एसई, आईफोन एक्स, आईफोन एक्सआर, आईफोन एक्सएस, आईफोन एक्सएस म्याक्स, आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स, आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो र आईफोन १२ प्रो म्याक्समा नेपाल टेलिकमको भीओएलटिई चल्नेछ ।

साथै आईफोनमा लेटेस्ट आईओएस अपडेट आएको छ की छैन् निश्चित गर्न पनि कम्पनीले आग्रह गरेको छ । नेपाल टेलिकमले अन्य मोबाइल सप्लायरसँग पनि फोनमा भीओएलटिई सपोर्ट ल्याउन निरन्तर लागि परेको छ ।