कीवर्डहरू -

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसमा पनि अब छिटो अपडेट दिने

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसमा पनि अब छिटो अपडेट दिने

गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसलाई पनि एकदमै छिटो अपडेट गर्ने भएको छ । गूगलले क्रोम ओएसलाई पनि चार हप्ते अपडेट सेड्युलमा राखेको छ । सबैभन्दा सुरुमा अपडेट एम ९६ मा आउनेछ ।

क्रोमबुकका निम्ति प्रयोगकर्ताहरुले एक महिना पर्खेपछि बग फिक्स हुने र सेक्युरिटी प्याच हुने कम्पनीले बताएको छ । एम ९५ मा भने पछि अपडेट ल्याएर क्रोम ओएस र क्रोम ब्राउजरमा एकैचोटि अपडेट ल्याईने भएको छ ।

विद्यालय र उद्यमको ग्राहकहरुका लागि ६ महिनाको अपडेट सेड्युल गरिने कम्पनीले बताएको छ । यी अपडेटहरुले क्रोमको फिचरलाई अझै छिटो बनाउनेछ ।

त्यस्तै यस अपडेटले क्रोममा अझै स्थिरता, सुरक्षा, सहजता र गति बढाउने पनि गूगलले जानकारी दिएको छ । यस पटक क्रोमले स-साना परिवर्तन नै ल्याउने बताइएको छ ।