कीवर्डहरू -

महत्वपूर्ण इमेल डिलिट नगरिकन जिमेल अकाउन्ट स्टोरेज खाली गर्ने यि हुन ६ उपाय

महत्वपूर्ण इमेल डिलिट नगरिकन जिमेल अकाउन्ट स्टोरेज खाली गर्ने यि हुन ६ उपाय

गूगलले सूरुमा १५ जीबी स्टोरेज प्रदान गरेको हुन्छ । आफ्नो गुगल अकाउन्ट प्रयोग गर्दै जाँदा यो भरिन्छ । जब १५ जीबी स्टोरेज भरिन्छ । तयसपछि इमेल आउने र पठाउनसमेत सकिदैन ।

स्टोरेज खाली गर्न भनिरहन्छ । खाली नगर्ने हो भने थप स्टोरेजेको लागि शुल्क तिर्नुपर्छ । प्रायः हामी शुल्क तिरेर स्टोरेज पढाउँदैनौं । शुल्क तिरेर स्पेस नकिन्ने हो भने आफ्नो भरिएको गुगल अकाउन्ट खाली गर्ने विविन्न विधिहरु छन् ।

जसलाई हामी यहाँ चर्चा गर्दै छौं ।

प्रथम उपाय

ठूलो एटेचमेन्ट भएको ईमेल आफ्नो जीमेल अकाउन्टबाट डिलिट गर्ने । यसका लागि तपाईले यी कुराहरु गर्नुपर्ने छ ।

१. जीमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२. 'has: attachment large: 10m' भनेर सर्चबारमा टाइप गर्ने । यसले गर्दा १० एमबीभन्दा बढीको एटेचमेन्ट भएको सबै ईमेल जम्मा हुन्छ ।

३. ती ईमेलमध्ये नचाहिएको ईमेललाई छान्ने र डिलिट आइकनमा थिच्ने

४. अब साइडबार मा रहेको 'trash menu' मा गएर 'empty trash' मा  थिच्ने जसले ईमेल सधैँभरिका लागि डिलिट हुन्छ  र स्पेस खाली  हुन्छ ।

दोस्रो उपाय

आफ्नो जिमेल अकाउन्टबाट स्पाम मेललाई हटाउने । त्यसका निम्ति तलका केही उपाय प्रयोग गर्न सकिन्छ ।

१. जिमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२ .साइडबारमा भएको स्पाम मेनुमा जाने

३ 'delete all apam messages now' मा थिच्ने र 'confirm' थिच्ने ।

तेस्रो उपाय

आफ्नो जिमेल अकाउन्टबाट 'social updates' डिलिट गर्ने । यसको लागि तलको माध्यम प्रयोग गर्न सकिन्छ ।

१. जीमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२.साइडबारमा गएर 'categories'  थिच्ने

३ त्यसपछि 'social' मा थिच्ने

४ माथिको बायाँ भागमा रहेको 'checkbox' मा थिच्ने जसले गर्दा सबै ईमेल सेलेक्ट हुन्छ ।

५ डिलिट आइकनमा थिच्ने
६. साइडबारमा रहेको 'trash menu'
मा गएर 'empty trash' मा  थिच्ने जसले ईमेल सधैँभरिका लागि डिलिट हुन्छ र स्पेस खाली  हुन्छ ।

चौथो उपाय

आफ्नो जिमेल अकाउन्ट बाट  'promotional mail' डिलिट गर्ने ।

१ . जीमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२.साइडबारमा गएर 'categories' थिच्ने

३. 'promotional' मा थिच्ने

४ माथिको बायाँ भागमा रहेको “ऋजभअपदयह” मा थिच्ने जसले गर्दा सबै ईमेल सेलेक्ट हुन्छ ।

५ डिलिट आइकन मा थिच्ने

६. साइडबारमा रहेको 'trash menu' मा गएर 'empty trash' मा  थिच्ने जसले ईमेल सधैँभरिका लागि डिलिट हुन्छ र स्पेस खाली हुन्छ ।

पाँचौं उपाय

'google photos' मा अपलोड गरिएको फोटोलाई कम्प्रेस गर्ने

१ . जीमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२.माथिको दायाँ भागमा रहेको 'setting menu' मा थिच्ने
३.  अपलोड क्वालिटिलाई 'original to high quality'
मा चेन्ज गर्ने

४.'checkbok' मा थिचेर 'confirm' थिच्ने। यसले फोटोलाई कम्प्रेस गरेर स्पेस खाली हुन्छ ।

छैटौँ उपाय

गूगल ड्राइभबाट फाइल्स डिलिट गर्ने

१ . जीमेल डट कममा लग इन गरेर आफ्नो  अकाउन्ट खोल्ने

२. files menu सम्म स्क्रोल डाउन गर्ने

३ नचाहिने फाइल्सलाई सेलेक्ट गरेर डिलिट आइकनमा थिच्ने ।

साइडबारमा रहेको 'trash menu' मा गएर 'empty trash' मा  थिच्ने जसले ईमेल सधैँभरिका लागि डिलिट हुन्छ र स्पेस खाली हुन्छ ।