कीवर्डहरू -

एप्पललाई ट्रम्प प्रशासनले सन् २०१८ मा डन मेकघानको बारेमा जानकारी मागेको खुलासा

एप्पललाई ट्रम्प प्रशासनले सन् २०१८ मा डन मेकघानको बारेमा जानकारी मागेको खुलासा

सन् २०१८ मा ट्रम्पको ह्वाईट हाउस क्याउनसेलको बारेमा ट्रम्प प्रशासनले एप्पललाई चुपचाप डेटा पठाउन लगाइएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार यसमा विशेष गरी अमेरिकाको पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाईट हाउस क्याउनसेलका प्रमुख वकील डन मेक घानको बारेमा जानकारी रहेको थियो ।

एप्पलले क-कसको जानकारी सरकारलाई दिएको भन्ने बारेमा केही पनि बताएको छैन् । ट्रम्पले रोबर्ट म्यूलरको रुसी अनुसन्धानको अवस्थामा मेक घानसँग रिसाएको पनि न्यूयोर्क टाइम्स स्रोतको भनाइ छ ।

केही दिन अघि मात्रै ट्रम्पको कार्यकालमा दुई जना प्रजातान्त्रिक पार्टीको नेता एड्याम स्कीफ र एरीक स्वालवेलको जानकारी एप्पलसँग मागेको पनि पाइएको थियो ।

एप्पलले विस्तृत जानकारी नदिएता पनि यसले कम्पनीको विश्वसनीयतामा प्रश्न उठाएको छ । आगामी दिनमा यस्तो कुरा नदोहोरिन दिनका निम्ति एप्पलले २५ जनाको नयाँ टिमनै पनि राखेको छ जसले सरकारले धेरै डेटा मागेमा कम्पनीलाई सूचित गराउनेछन् ।