कीवर्डहरू -

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग

राष्ट्रिय आविष्कार केन्द्रद्वारा सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० थान भेन्टिलेटर सहयोग गरेको छ । आविष्कार केन्द्रले सोमबार सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो ।

ग्राडियन हेल्थ सिस्टम युएसएले प्रदान गरेको ५० थान भेन्टीलेटरलाई राष्ट्रिय आविष्कार केन्द्र र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको सहकार्यमा नेपाल ल्याइएको थियो ।

उक्त भेन्टिलेटर अमेरिका नेपाल मेडिकल फाउन्डेशनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत र राष्ट्रिय आविष्कार केन्द्रका बोर्ड सदस्य हरिकुमार सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका हुन् ।

५० भेन्टीलेटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत नेपालका विभिन्न ९ वटा अस्पतालमा हस्तान्तरण गर्ने जनाइएको छ ।