कीवर्डहरू -

विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो

विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो

प्रयोगकर्ताहरुले पछिल्लो विन्डोज टेन अपडेटमा विभिन्न समस्याहरु भएको रिपोर्ट गरेका छन् । यसले टास्कबारको आईकनलाई गायब गरिदिएको वा पिसीलाई करप्ट बनाईदिएको पाइएको छ ।

केही प्रयोगकर्ताले प्रिन्टर राम्रोसँग काम नगरिरहेको पनि गुनासो राखेका छन् । विन्डोजको नयाँ अपडेट अक्टोबर २०२०, मे २०२० र मे २०२१ को भर्सनमा उपलब्ध रहेको छ ।

यो अपडेटलाई केबी ५००३२१४ नाम दिइएको छ । यो समस्या केही हप्ता देखि रहेको छ र माइक्रोसफ्टले यसको समाधानका लागि केही नगरेकोनै जनाइएको छ ।

केही प्रयोगकर्ताले एक्सन सेन्टरमा पनि ग्लीच आएको र सर्चबार नखुलिरहेको समस्या भोगेका छन् । न्यूज विडजेटलाई बन्द गरेमा यी समस्याहरु केही हदसम्म बन्द भएको पाइएको छ ।

माइक्रोसफ्टले आधिकारिक रुपमा यस समस्यालाई कहिले समाधान गर्छ भनेर केही पनि जानकारी दिएको छैन् ।