कीवर्डहरू -

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने भएको छ ।

इन्टिग्रेटड आइसिटी प्रालिले माइक्रोसफ्ट वर्डमा युनिकोडमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सक्ने सायक पल्गिनको विकास गर्दैछ ।

उक्त पल्गिनलाई डाउनलोड गरेर इन्स्टल गरेपछि नेपाली युनिकोडमा लेखिएको अक्षरलाई १२ वटा नेपाली फन्टमा रूपान्तरण गर्न सकिने इन्टिग्रेटड आइसिटी प्रालिका सीईओ विरोध रिजालले आइसिटी समाचारलाई बताए ।

सायक पल्गिनमा शुद्धाशुद्धी जाँच गर्न र फन्ट रूपान्तरण गरी २ वटा सुविधा हुनेछन् । हिज्जे गलत भएको शब्दमा रातो धर्को लगाउने छ ।

शुरूमा सायकलाई इन्स्टल गर्दा कुन कुन सुविधा आफुले माइक्रोसफ्ट वर्डमा राख्ने त्यो छनोट गर्न सकिने छ । अबको एक महिनाभित्र माइक्रोसफ्ट वर्डमा यसलाई सार्वजनिक गर्ने रिजालले बताए ।

उनका अनुसार उक्त पल्गिनमा अहिले प्रिति, युनिकोड, आकृती, आलेख, गणेश, हिमालबी कान्तिपुर, नवजीवन, पीसीएस, सांग्रिला, श्रीनाथ र समुदाचार्य फन्ट राखिएको छ ।

नेपाली युनिकोड लेखिएको अक्षर यी १२ वटा फन्टमा परिवर्तन गर्न सकिने छ भने यी १२ वटा फन्टबाट युनिकोडमा परिवर्तन गर्न सकिने छ । कसैलाई यी फन्टबाहेक अन्य फन्ट आवश्यक परेमा आवश्यकता अनुसार थप गर्ने रिजालले बताए ।

यो सुविधा सार्वजनिक भएको एक वर्षसम्म निःशुल्क प्रदान गर्न सक्ने र त्यसपछि केही थोरै शुल्क लिने उनले बताए ।

‘हाम्रो चाहना भनेको सकेसम्म निःशुल्क दिने हो,’ रिजालले आइसिटी समाचारसँग भने, ‘सरकारबाट वा अन्य कतैबाट सहयोग आए यसलाई हामी पुर्ण निःशुल्क गर्न सक्छौं । तर धेरै प्रयोगकर्ता आउन थाले र हार्डवेयरमा धेरै खर्च हुन थाल्यो भने कि बन्द गर्नुपर्‍यो की केही शुल्क लिएर सञ्चालन गर्नुपर्‍यो ।’

साथै कम्पनीले विकास गरेको सायक सजिलो नेपाली ( हिज्जै डटकम ) बाट शुद्दा धुद्धि, नेपाली टाइपिङ, फन्ट रूपान्तरण तथा शब्दकोषको सुविधा लिन सकिन्छ ।