कीवर्डहरू -

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ ले अनलाइनबाटै सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अनलाइनबाटै प्रदान गर्ने भएको छ ।

प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले विद्युतीय माध्यमबाटै दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु प्रदान गर्ने बताएका हुन् ।

यातायात सेवाको सेवा प्रवाहलाई शिघ्र, भरपर्दो, र आधुनिक बनाउन सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु विद्युतीय माध्यमबाट प्रदान गरिने बताइएको छ ।

यसका लागि आगामी आर्थिक वर्षदेखिको प्रारम्भदेखि नै सवारी साधनको दर्ता तथा व्यवस्थापन प्रणाली लागु गर्ने व्यवस्था मिलाएको उनले बताए ।