कीवर्डहरू -

फेसबुक अकाउन्ट बिना नै म्यासेन्जर कसरी प्रयोग गर्ने ?

फेसबुक अकाउन्ट बिना नै म्यासेन्जर कसरी प्रयोग गर्ने ?

कसैलाई सामाजिक सञ्जाललाई पूर्ण रुपले प्रयोग नगरिकनै अरु मान्छेसँग च्याट गर्ने मन हुन सक्छ । यसका लागि फेसबुकले फेसबुक अकाउन्ट बिना नै म्यासेन्जर  प्रयोग गर्न दिन्छ ।

तल दिइएका प्रक्रिया अनुसार तपाईले फेसबुक अकाउन्ट बिनानै म्यासेन्जर  आईओएस र एन्ड्रोईडमा प्रयोग गर्न सक्नुहुन्छ ।

डिएक्टीभेट गरिएको फेसबुक अकाउन्टबाट म्यासेन्जर प्रयोग गर्ने

सन् २०१९ भन्दा पहिले फेसबुक म्यासेन्जर  अकाउन्ट बनाउन सम्पर्क नम्बर मात्रै चाहिन्थ्यो तर अब भने फेसबुक अकाउन्टनै चाहिन्छ । तर सक्रिय फेसबुक अकाउन्ट हुनुपर्छ भन्ने कुनै बाध्यता छैन् ।

पहिले कुनै डिएक्टीभेट गरिएको फेसबुक अकाउन्ट थियो भने पनि त्यसलाई मेसेन्जरका लागि प्रयोग गर्न सकिन्छ । पुरानो आईडी प्रयोग गरेर म्यासेन्जरमा लगइन गरेमा सक्रिय फेसबुक अकाउन्ट नभएता पनि मेसेन्जर प्रयोग गर्न सकिन्छ ।

फेसबुक अकाउन्ट बिना म्यासेन्जर कसरी प्रयोग गर्ने

पहिलेको जसरी सिधै म्यासेन्जरमा मात्रै अकाउन्ट बनाउन नमिल्ने हुँदा तपाईले एउटा नयाँ अकाउन्ट बनाएर म्यासेन्जर  खोलेपछि पुनः फेसबुक अकाउन्टलाई डिएक्टिभेट गर्न सकिन्छ ।

यसका लागि म्यासेन्जर  एप खोलेर क्रियट न्यू अकाउन्टमा थिच्नुपर्छ जसपछि फेसबुक अकाउन्ट बनाउनका निम्ति एउटा ब्राउजर खुल्ने गर्दछ । यसपछि मागिएको जानकारी दिएर साइन अप गर्नुपर्छ ।

यसपछि तपाईले म्यासेन्जर  प्रयोग गर्न थालेर फेसबुक डिएक्टिभेट गर्न सक्नुहुनेछ जुन भने फेसबुक अकाउन्ट भएजसरी नै चल्ने गर्दछ ।