कीवर्डहरू -

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र  इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रिसर्च तथा प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न समझदारी भएको हो ।

उक्त समझदारी पत्रमा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य र नाष्टका उपकुलपति सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

अर्बन रिसर्च एण्ड इन्नोभेसन सेन्टर स्थापना गर्न तथा स्मार्टसिटीका लागि उपयुक्त प्रविधि विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भएको नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले बताए ।

त्यस्तै फुड ग्रीन सिटी विकास गर्न, नाष्ट परिसरमा विज्ञान पार्क निर्माण गर्न र कोरोना भाइरस विरूद्ध लड्न आवश्यक अनुसन्धान तथा विकासमा पनि सहकार्य हुनेछ ।