कीवर्डहरू -

यसरी सजिलै निशुल्क बनाउन सक्नुहुन्छ आफ्नो वेबसाइट आफै

यसरी सजिलै निशुल्क बनाउन सक्नुहुन्छ आफ्नो वेबसाइट आफै

आजभोलि एउटा राम्रो व्यवसायको थालनी गर्न तपाईंलाई एउटा राम्रो वेबसाइटको आवश्यकता पर्छ । त्यसको लागि ठूलो रकम खर्च गरेर वेबसाइट बनाउनु पर्ने बाध्यता पनि छ ।

तर, तपाईं आफै वेबसाइट बनाउँछु भन्ने इच्छा राख्नुहुन्छ भने पनि निशुल्क स्रोत साधानहरु उपलब्ध छन् । अझ, थोरै रकम खर्च गरेर राम्रो वेबसाइट बनाउन सक्नुहुन्छ । वेबसाइट निर्माण गर्न तपाईंले प्रोग्रामिङ्को बारेमा जानिरहनु पर्दैन । यहाँ त्यस्ता धेरै खालका तरिकाहरु छन् जसको मद्दतले तपाईंको काम बन्नेछ ।

तपार्ईलाई भित्र इच्छा छ भने यि तलबा साइटमा उपलब्ध निशुल्क स्रोतहरुले वेबसाइट बनाउने इच्छा पूरा गर्न सक्छन । यहाँ हामीले वेबसाइट निर्माणका निम्ति निम्न पाँच तरिकाहरु प्रस्तुत गरेका छौँ ।

योला

योला डटकम ले कुनै टेम्प्लेट र केही साधारण फारमहरु भरेर एउटा आधारभूत वेबसाइट बनाउन बाटो प्रदान गर्छ । जब तपाईंसँग एउटा खाका हुन्छ तब यसभित्र सम्पादन गर्न मिल्ने साधनहरुले आफ्नो साइटलाई सुसज्जित बनाउँन सक्नुहुन्छ । योलामा धेरै सामग्रीहरु छन् जसबाट आफ्नो वेबसाइटमा राख्न सक्नुहुन्छ ।

तपाईं आफ्नो साइटलाई लोभलाग्दा तेस्रो–पक्ष  सेवाहरु जस्तो गुगल म्याप्स तथा पेपलसँग समायोजन पनि गर्न सक्नुहुन्छ । त्यसैगरी तस्विरहरु बाँढ्न र सम्पादन गर्न फ्लिकरको प्रयोग गर्न सक्नुहुनेछ ।

वेब निर्माणका आधारभूत साधनहरुका साथ योला डटकमको सुविधा निःशूल्क पाउँन सकिन्छ । अझ थप फिचरहरुका, आकर्षक देखिने टेम्प्लेटहरु र आफ्नै डोमेन नाम प्रयोग गर्नका लागि योला सिल्भरमा अपग्रेड गर्न बर्षको १०० डलर लाग्नेछ ।
यदि तपाईँ उचित मूल्यमा आधारभूत व्यवसायीक साइट खोज्दै हुनुहुन्छ भने तपार्इँको उत्तर योला हुनेछ।

जिम्डा

जिम्डो डट कम निशूल्क भर्जनले एउटा राम्रो वेबसाइट निर्माताले जस्ता काम गर्छ । अझ धेरै सुविधा चाहिएकामा भने शुल्क तिर्नुपर्छ । उचित मूल्य पर्ने अपग्रेडहरु लिन सक्नुहुन्छ ।
आधारभूत फिचरहरु र जिम्डो डट कमको अड्रेस निःशूल्क पाइन्छन् ।

जिम्डो प्रो लिएमा प्रति महिना झन्डै ५ डलर र जिम्डो बिजनेस प्रति महिना झन्डै १५ डलरमा पाउँनुहुनेछ । यसमा अल्टिमेट डाटा स्टोरेज, अनलाइन सेलिङ्, २ वटा डोमेन नामहरु र ब्यवसाय विषेश साइट डिजाइनहरु रहेका छन् ।

निशुल्क सुविधाहरु आकर्षक नभए पनि जिम्डोले आकर्षक टेम्प्लेट र समहग्रमा राम्रा साधनहरु उचित मूल्यमा दिन्छ । यदि तपाईँ साइटमा केही थप परिश्रम गरेर यसलाई अरुभन्दा फरक खालको बनाउँन चाहनुहुन्छ भने जिम्डो उत्तम रोजाई हुनेछ ।

विक्स

विक्स प्रयोग गर्न सजिलो हुन्छ । विक्स डट कम ले  तपार्इँलाई निमेष भरमै अत्यन्तै आकर्षक वेबसाइट निर्माण गर्न सहयोग गर्नेछ । यो वेब विकास गर्ने साधन एडोव फ्लासमा आधारित छ जुन धेरैजसो पिसीहरुमा काम गर्छ  । तर केही मोवाइल डिभाइसहरु जस्तो आईप्याडमा सपोर्ट गर्दैन ।

तपाईंको व्यवसायीक आवश्यकता पूरा गर्न विक्समा धेरै उच्च स्तिरका टेम्प्लेटहरु रहेका छन्।तस्विरको ठूलो चापलाई पनि भएकाले यो फोटो ग्यालरीहरु राख्न अझ उपयुक्त हुनेछ ।
पूरै फिचरहरु भएको वेबसाइट निर्माण साधन र विक्सको अड्रेस निःशूल्क पाइन्छ । तपाईँको आफ्नै डोमन नाम राख्न चाहेमा प्रति महिना ५–१६ डलरसम्म पर्नसक्छ । यदि तपाईं आकर्षक डिजाइन खोज्नुहुन्छ भने तपाईँको रोजाई विक्स हुनेछ ।

इनटुइट वेबसाइट

कनै ब्यवसाय सञ्चालन गर्न रचनात्मक क्षमता हुनु जरुरी छ । डिजाइन गर्न गाह्रो हुनेलाई इनटुइट बाट राम्रो वेबसाइट निर्माण गर्न सक्नुहुन्छ । यसमा रहेको छोटो सर्वेले तपाईँको ब्यवसायको लक्ष्य सुहाउँदो टेम्प्लेट छान्न सहयोग गर्नेछ । हजारौँ टेम्प्लेटमध्यबाट आफलाई अनुकुल रोज्न पनि सक्नु हुनेछ ।

यसको सुरुवाती प्याकेज ३० सम्मको लागि निःशूल्क र त्यसपछि प्रति महिना ५ डलरको लाग्नेछ । बिजनेस प्याकेज र प्रोफेसनल प्याकेजलाई क्रमशः प्रति महिना २४ डलर र ५० डलर पर्छ (यो मूल्य सयअभिको भएकाले फरक पर्न सक्नेछ) । यस्तो प्याकेजमा आफ्नै डोमेन नाम, अनलाइन सेलिङ् साधानहरु र सर्च इन्जिन अप्टिमाइजर रहेका छन् । यो आधारभूत व्यवसाहिक वेबसाइट निर्माणका लागि अत्यन्तै सजिलो साधन हो । प्रयोग गर्नेहरुका लागि झनै प्रभावकारी रहेकोछ ।

गुगल साइट्स

यो सेवाले तपाईँलाई गुगलको सामान्य वेबको उपस्थिती निःशूल्क प्रदान गर्छ । यसको मद्दतले आफ्नो व्यवसायभित्र व्यक्तिगत तथा समूहमा आधारित वेबसाइट निर्माण गर्न सक्नुहुन्छ ।

यसले तपाईँको गुगल एप्स अकाउन्टलाई प्रभावशाली ब्यवसायीक साधनको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ । यसले एउटै अनलाइन लोकेसनबाट तपाईँ र तपाईँका सहकर्मीहरुलाई अनाउन्मेन्ट, डक्युमन्टस र कामको सूचिमा जाने अनुमति दिन्छ ।
यो सेवा निःशूल्क उपलब्ध छ ।

तपाईँसँग कोडिङ्बारे यथेष्ट ज्ञान छैन वा राम्रो कोडर नियुक्त नगरेसम्म परम्परागत वेबसाइट निर्माण गर्नमा यसको प्रयोग नगर्नूस् । मध्यम स्तरका प्रयोगकर्ताहरुका र कनै कम्पनीभित्र आन्तरिक सञ्जालका लागि गुगल साइट्स उपयुक्त हुनेछ ।