कीवर्डहरू -

युट्युबमा रेस्ट्रिक्टेड मोड कसरी डिसेबल गर्ने ?

युट्युबमा रेस्ट्रिक्टेड मोड कसरी डिसेबल गर्ने ?

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन  हामी युट्युब प्रयोग गर्छौं ।

तपाईले युट्युब प्रयोग गरिरहँदा देख्नु भएको छ होला कुनै भिडियो रेस्ट्रिक्टेड मोडमा राखिएको हुन्छ । सोही मोडलाई कसरी डिसेबल गर्ने भन्नेबारे आज हामी जानकारी दिदैछौं ।

यसका लागि शुरूमा तपाई युट्युबको वेबसाइटबाट माथिल्लो बायाँ भागमा रहेको प्रोफाइल पिक्चर सेलेक्ट गर्नुहोस् ।

त्यसपछि साइन इन बटनको छेऊमा रहेको तीन ओटा थोप्ला भएको आईकनलाई थिच्नुहोस् । यति गरेपछि मेन्युको तल्लो भागबाट रेस्ट्रिक्टेड मोडलाई अन भन्ने अप्सन छान्नुपर्छ ।

यति गरेर नेक्सटमा थिचेपछि एक्टीभेट रेस्ट्रिक्टेड मोड भन्ने अप्सन आउँछ जसलाई निलोबाट खरानी रङ्गमा परिणत गर्नुपर्छ । युट्युबले स्वत : रिफ्रेस गरिदिन्छ र सेटिङ्ग परिणत हुने गर्दछ ।

एपबाट रेस्ट्रिक्टेड मोडलाई डिसेबल

यसको लागि पनि पहिले प्रोफाइल पिक्चरमा थिच्ने र लग इन नगरेको भएमा अनुहार रहित आईकनमा थिच्नुपर्छ ।

एन्ड्रोइडमा सेटिङ्गमा गएर जेनेरलमा जानुपर्छ र आईओएसमा सेटिङ्गमा जानुपर्छ । त्यसपछि रेस्ट्रिक्टेड मोड छेउको बटनलाई सेलेक्ट गरेर निलो रङ्गबाट खरानी रङ्गमा परिणत गर्नुपर्छ जसले गर्दा रेस्ट्रिक्टेड मोड डिसेबल हुन्छ ।

यति गर्दा पनि रेस्ट्रिक्टेड मोड अफ नभएमा के गर्ने ?

यो सबै प्रक्रिया पछि पनि तपाईले हेर्न चाहेको भिडियोमा कालो स्क्रीन देखाईरहेमा रेस्ट्रिक्टेड मोड अननै रहेको बुझ्न सकिन्छ ।

धेरैजनाको यस प्रक्रियालेनै रेस्ट्रिक्टेड मोड डिसेबल हुन्छ । तपाईको डिभाइस आफ्नै नियन्त्रणमा नभएमा पनि रेस्ट्रिक्टेड मोड डिसेबल हुँदैन् ।

तपाईले प्यारेन्टल मोड, फ्यामिली लिकंहरुबाट चलाइ रहेको भएको भए जसले अकाउन्ट नियन्त्रण गरेको छ उसैले यो मोड डिसेबल गरेमात्रै तपाईले सबैभिडियो हेर्न पाउनु हुनेछ ।

संस्थाहरुमा पनि केही एडमिनले अकाउन्ट सञ्चालन गर्नेहुँदा उनीहरुले सेटिङ्ग परिवर्तित नगरेसम्म रेस्ट्रिक्टेड मोड अफ हुँदैन् ।