कीवर्डहरू -

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ । कम्पनीले यो एप युएसएआईडीको आर्थिक एवं सप्स प्लसको प्राविधिक सहयोग तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रको समन्वयमा तयार पारेको हो।

एपबाट अस्थाई र छोटो अवधिका परिवार योजनाका साधनहरुको बारे विस्तृत जानकारी लिन सकिने छ । यो एप विशेष गरी किशोर तथा किशोरी एवं नव विवाहित जोडीहरूलाई अत्यन्त उपयोगी हुने नेपाल सीआरएस कम्पनीले जनाएको छ ।

एपमा आफु नजिकैको अस्थाई तथा छोटो अवधिका परिवार योजनाका साधन उपलब्ध गराउने औषधि पसल, क्लिनिक र संगिनी सेवा केन्द्रको ठेगाना र नक्शा लगायतका सुविधा छन् ।

साथै एपमा भएको ‘प्राय सोधिने प्रश्नहरु’ सेक्सनबाट परिवार योजनाका अस्थाई तथा छोटो अवधिका साधन बारे विस्तृत जानकारी पाउनुका साथै प्रयोगकर्ताहरूलाई साधनहरुको सुसूचित छनौट गर्न मद्दत गर्ने कम्पनीले बताएको छ ।

मेरी संगिनी एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ । एन्ड्रोइड फोनमा मेरी संगिनी एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।