कीवर्डहरू -

आजिआटा र गुगल क्लाउडबीच रणनीतिक साझेदारी, यो वर्षको अन्ततिर एनसेल गुगल क्लाउडमा जोडिने 

आजिआटा र गुगल क्लाउडबीच रणनीतिक साझेदारी, यो वर्षको अन्ततिर एनसेल गुगल क्लाउडमा जोडिने 

मोबाइल सेवा प्रदायक एनसेलको मलेसियन माउ कम्पनी आजिआटा र गुगल क्लाउडबीच रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ । यो सम्झौतासँगै एनसेल यो वर्षको मध्यपछि गुगल क्लाउडमा जाने भएको छ ।

बिहीबार आजिआटाले एक विज्ञप्ती जारी गर्दै यो साझेदारीले एसियाका हजारौं मझौला तथा साना व्यवसायलाई डिजिटाइज गर्न सहयोग हुने बताएको छ ।

यो साझेदारीलाई दुर्ई भागमा कार्यान्वयन गर्ने जनाएको छ । पहिलो चरणमा आजिआटाले आइसिटी इन्टिग्रेसनको लागि गुगल वर्कस्पेस उपलब्ध गराउने छ । जसले गर्दा एसिया क्षेत्रका साना तथा मझौला व्यवसायीलाई आइसिटीमा सहभागी हुन सहयोग पुग्नेछ ।

यो कार्य श्रीलंकाको मोबाइल कम्पनी डाएलोगबाट सुरु हुने जनाएको छ । यो वर्षको दोस्रो त्रैमासिकमा श्रीलंकाबाट सुरु हुन लागेको यो योजना श्रीलंकापछि मलेसियाको सेलकम, इन्डिोनेसियाको एक्सएल, बंगलादेशको रोबी, नेपालको एनसेल र कम्बोडियाको स्मार्टमा यो वर्षको मध्यपछि सुरु हुने आजियाटाले जनाएको छ ।

कार्याक्रम कार्यान्वयनको दोस्रो भागमा आजिआटाका टेलिकम कम्पनीहरुले विभिन्न व्यवसायिक संस्थाहरुलाई उनीहरुको पूर्वाधार विकास र डिजिटल रुपान्तरण गर्न गुगल क्लाउड प्रयोग गर्न, स्टोर, नेटवर्किङ क्षमता वृद्धि गर्न सहयोग गर्ने जनाएको छ ।

एसिया क्षेत्र हजारौं साना तथा मझौला उद्योग व्यवसाय भएको ठाउँ भएकाले विश्व मै तीव्ररुपमा विकास गर्ने सम्भावना रहेको आजिआटा विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘आजिआटा र गुगल क्लाउड व्यवसाय डिजिटाइज गर्न र लामो यात्राको क्षमता वृद्धि गर्न सहकार्य भएको छ । खासगरी अर्थतन्त्र पुर्नरुत्थान, वृद्धि गर्न र यो विषय परिस्थितिमा साना र मध्यम व्यवसायलाई बचाइराख्न डिजिटल रुपान्तरण गर्न आवश्यक छ,’ आजियाटा इन्टरप्राइजेज सिईओ डा. गोपी कुरुपलाई उदृद्ध गर्दै विज्ञप्तीमा भनिएको छ ।

गुगल क्लाउडका साउथइष्ट म्यानेजिङ डिरेक्टर रुमा बालासुब्रामानिएनले बजारका ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्न क्लाउड टेक्नोलोजी साना तथा घरेलु उद्योगका लागि ‘गेम चेन्जर’ हुने बताएका छन् । उनले आजियाटासँग सहकार्य गरेर एसिया क्षेत्रका हजारौं व्यवसायलाई डिजिटल रुपान्तरण गर्न र उनीहरुका डिजिट समस्या समाधान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

आजिआटाले एसियामा ६ वटा मोबाइल कम्पनी सञ्चालन गरेको छ जहाँ १५ करोड ७० लाख ग्राहक रहेको उल्लेख गरेको छ ।