कीवर्डहरू -

प्रहरीको फोटो ‘प्रोफाइल’मा राखेर को गयो क्लबहाउस ?

प्रहरीको फोटो ‘प्रोफाइल’मा राखेर को गयो क्लबहाउस ?

भर्खरमात्र नेपालमा आएको नयाँ सामाजिक सञ्जाल क्लबहाउसको चर्चा छ यति बेला । नयाँ नयाँ अकाउन्ट खोल्नेहरु क्लबहाउतिर धाइरहेका छन् ।

यसैबीच एउटा क्लबहाउसको क्लबमा प्रहरीको पोशाक र फोटोलाई प्रोफाइल बनाएर छलफल गरिरहेको पाइएको छ । आखिर को हुन त उनीहरु ? उनीहरुका सक्कली प्रहरी त पक्कै होइनन् । प्रहरीले यसबारेमा खोजी सुरु गरेको छ ।

नेपाल प्रहरीले क्लबहाउसमा प्रहरीको फोटोलाई प्रोफाइल पिक्चर राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । क्लबहाउसमा प्रहरी अधिकृतहरुको पोशाकसहितको फोटोलाई आफ्नो प्रोफाइल पिक्चर राख्नेहरु माथि प्रहरीले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले प्रहरी अधिकृतको पोशाकसहितको फोटो क्लबहाउसको प्रोफाइलमा राख्नेमाथि छानबिन प्रक्रिया अगाडि बढेको बताए ।

‘हामीलाई पनि बल्ल जानकारी आयो । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । आवश्यक छानबिनमा लागेका छौं,’ एसएसपी कुँवरले आइसिटी समाचारसँग भने, ‘यो साइबर सम्बन्धि अपराध हो । प्रक्रिया शुरू भएको छ कारबाही हुन्छ ।’

केहो क्लबहाउस ?

क्लबहाउस भ्वाइस च्याटिङ एप हो। एन्ड्रोइड र आईओएसका दुवैमा उपलब्ध छ। यो पूर्ण रुपले अडियो एप हो । यो एपमा केही पनि सेभ हुँदैन् । पछि गएर प्ले गर्छु भनेर यो एपमा गर्न मिल्दैन् ।

यो एपमा प्रयोगकर्ताहरुले विभिन्न छलफल होस्ट गर्ने वा छलफलमा भाग लिन सक्छन् । एप खोलेपछि प्रयोगकर्ताहरु विभिन्न रुमहरुको सूची नै पाउनसक्नेछन ।

ती रुमहरुमा जोइन गर्न पनि सकिनेछ वा आफ्नै रुम बनाउन पनि सकिन्छ । हरेक रुममा भिन्दाभिन्दै विषयहरुमा छलफल गरिन्छ र धेरैजसो समय ती रुमहरु कुनै विषयको विज्ञलेनै होस्ट गर्ने गर्दछन् । यसमा कुनै भिडियो वा पिक्चर हुँदैन् र टेक्स्ट पनि एकदमै विरलै हुने गर्दछ ।

क्लबहाउस मार्च २०२० मा सर्वप्रथम अमेरिकामा सार्वजनिक भएको थियो । सुरुमा यो एपलाई उद्यम पूञ्जीपतिहरुले मात्रै चलाउने गर्दथे तर मस्क, बिलगेट्स जस्ता प्रख्यात व्यक्तित्वहरुले पनि यो एप चलाउन थाले देखि क्लबहाउस चर्चित बन्दै गईरहेको छ ।