कीवर्डहरू -

जीमेलबाट कसरी पठाउने २५ एमबीभन्दा ठूलो साइजको इमेल ? यस्तो छ सजिलो तरिका

जीमेलबाट कसरी पठाउने २५ एमबीभन्दा ठूलो साइजको इमेल ? यस्तो छ सजिलो तरिका

गूगलको जीमेल प्राय सबैले प्रयोग गर्नु हुन्छ होला ।  जीमेलबाट इमेल पठाउदा २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउन मिल्दैन् ।

यस्तो अवस्थामा तपाईको मनमा जीमेलबाट कसरी २५ एमबी भन्दा ठूलो साइजको फाइल पठाउने ? के कुनै तरिका छैन् ? भन्ने प्रश्न उब्जिएको हुन सक्छ ।

यी प्रश्नलाई समाधान गर्न आज हामीले जीमेलबाट कसरी २५ एमबी भन्दा ठुलो साइजको फाइल पठाउने भनेर जानकारी दिदैछौँ ।

सुरुमा जीमेल खोल्नुहोस् । जीमेलमा गएपछि कम्पोज अथवा प्लस आइकनमा क्लिक गर्नुहोस् । कम्पोजमा क्लिक गरेपछि तल गूगल ड्राइभको आइकन देखिने छ ।

\"\"

गूगल ड्राइभको आइकनमा क्लिक गरेपछि अपलोड भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि पठाउनु पर्ने २५ एमबी भन्दा ठुलो साइजको फाइल  छानेर अपलोड गर्नुहोस् । फाइल अपलोड गरेर २५ एमबी भन्दा ठुलो साइजको इमेल पठाउन सक्नु हुनेछ ।

\"\"