कीवर्डहरू -

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालिकाका बासिन्दाले अब घरमै बसेर नगरपालिकालाई कर भुक्तानी गर्न सक्ने छन् ।

कनेक्ट आईपीएसबाट बुटवल उपमहानगरपालिका, धरान उपमहानगरपालिका, हरिवन नगरपालिका, धुलिखेल नगरपालिका र वालिङ नगरपालिकाको कर भुक्तानी गर्न सकिन्छ ।

भुक्तानी गर्नको लागि सम्बन्धित नगरपालिका वा उप-महानगरपालिकाको पोर्टलमा कनेक्ट आईपीएसलाई छनोट गरी बैंक तथा वित्तिय संस्थाको खाताबाटै भुक्तानी गर्न सकिने छ ।