कीवर्डहरू -

युट्युब सर्ट्स बन्द गर्ने तरिका: स्मार्टफोन प्रयोगकर्ताका लागि सजिलो गाइड

युट्युब सर्ट्स बन्द गर्ने तरिका: स्मार्टफोन प्रयोगकर्ताका लागि सजिलो गाइड

काठमाडौं । युट्युबले मोबाइल एपमा सर्टस स्क्रोलिङ कम गर्न नयाँ सुविधा ल्याएको छ । अब एन्ड्रोइड र आइफोन प्रयोगकर्ताले Shorts Feed Timer लाई शून्य मिनेटमा सेट गरेर मुख्य Shorts फिड बन्द गर्न सक्नेछन् ।

यो सुविधा विशेष गरी अत्यधिक Shorts स्क्रोलिङ कम गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी मानिएको छ । सेटिङ परिवर्तन गरेपछि मुख्य Shorts फिड तुरुन्तै रोक्न सकिनेछ भने होमपेजमा देखिने Shorts सिफारिसहरू पनि कम वा हट्न सक्छन् ।

युट्युब Shorts बन्द गर्ने तरिका
सबैभन्दा पहिले YouTube एप खोल्नुहोस् । त्यसपछि स्क्रिनको माथि वा तल देखिने आफ्नो प्रोफाइल तस्वीरमा ट्याप गर्नुहोस् । अब Settings मा जानुहोस् । त्यहाँबाट Time Management विकल्प चयन गर्नुहोस् । त्यसपछि Daily Limits सेक्सनसम्म स्क्रोल गर्नुहोस् ।

यहाँ Shorts Feed Limits भन्ने विकल्प देखिनेछ । उक्त फिचर अन गरेर टाइमरलाई ० मिनेटमा सेट गर्नुहोस् । यसपछि युट्युबले मुख्य Shorts फिड बन्द गर्नेछ ।