कीवर्डहरू -

इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान परिवारासँग माइ सेकेण्ड टिचरको रणनीतिक साझेदारी

इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान परिवारासँग माइ सेकेण्ड टिचरको रणनीतिक साझेदारी

एडभान्स पेडागोजी (एपी) को माइ सेकेण्ड टिचरले इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान परिवारासँग रणनीतिक साझेदारी गरेको छ । पिटी पेनेरबिट इन्टान परिवारा इन्डोनेसियाको सबैभन्दा ठूलो कक्षा १ देखि १२ सम्मको राष्ट्रिय पाठ्यक्रम शैक्षिक स्रोत प्रकाशक हो ।

इन्डोनेसियामा पिटी पेनेरबिट इन्टान परिवारालाई इन्टानको नामले मात्रै पनि चिनिन्छ । इन्टानको पाठ्यपुस्तकहरु इन्डोनेसियाको सरकारद्वारा समर्थित रहेको छ ।

एपीले इन्टानको कक्षा एक देखि १२ कक्षासम्म बुक, शिक्षक गाईड, अन्तर्क्रियात्मक डिजिटल पुस्तकहरु र प्रश्नपत्रको रुपान्तरण, बन्डल र वितरण गर्ने गर्दछ ।

यो सबै कुरा ‘जेलाजा इल्मु’ भन्ने प्लेटर्फबाट गरिन्छ जुन माई सेकेण्ड टिचरले सञ्चालन गरेको छ । इन्टान र एपीको सहकार्यले सामाजिक युग ५.० मा मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

यो सहकार्यले इन्डोनेसियाको विद्यार्थीहरुलाई एकदमै राम्रो शैक्षिक स्रोत दिने विश्वास गरिएको छ । स्कुलहरुले राम्रो शैक्षिक प्रणाली पाउने पनि विश्वास गरिएको छ ।