कीवर्डहरू -

वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने

वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने

वर्ल्डलिंकको इन्टरनेट सेवामा समस्या देखिएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिएको वर्ल्डलिंकले जनाएको छ ।

वर्ल्डलिंकमा प्राविधिक समस्या आउँदा केही समयदेखि इन्टरनेटमा प्रयोगमा समस्या आएको ग्राहकले गुनासो गरेका छन् ।

टेक्निकल टिमले अहिले ट्राफिकलाई ब्याकअप राउटरमा स्वीच गरिरहेको कम्पनीले जनाएको छ । साथै चाँडै सेवा शूरू हुने समेत कम्पनीले जानकारी दिएको छ ।