कीवर्डहरू -

फेसबुकमा अरुलाई कसरी ब्लक गर्ने ?

फेसबुकमा अरुलाई कसरी ब्लक गर्ने ?

कुनै कुनै समय फेसबुकमा कुनै व्यक्तिलाई कुनै कारणले ब्लक गर्नुपर्ने अवस्था आउन सक्छ । आफ्नो फेसबुक साथीको कुरा मन नपरेर, अभद्र गतिविधिका कारण वा अरू कुनै कारणले ब्लक गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा तपाईलाई फेसबुकले कुनै व्यक्तिलाई पनि ब्लक गर्न सकिने सुविधा दिएको छ । आज हामी तपाईलाई फेसबुकमा कसरी कुनै पनि व्यक्तिलाई ब्लक गर्ने बारे जानकारी दिदैछौं ।

डेक्स्टपमा ब्लक कसरी गर्ने ?

विन्डोज, म्याक वा लाइनक्स डेक्स्टप फेसबुकमा कसैलाई ब्लक गर्न एकदमै सहज रहेको छ । सर्वप्रथम वेब ब्राउजरमा गएर फेसबुक डटकम खोल्नुहोस्  ।

त्यसपछि अकाउन्ट को आइकन छनौट गर्नुपर्ने हुन्छ । यतिगरेपछि सेटिङ्ग र प्राईभेसी भन्ने अप्सन सेलेक्ट गरेर सेटिङ्ग भन्ने अप्सन छान्नुपर्छ ।

यसपछि बाँया भागमा रहेको ब्लकिङ भन्ने अप्सनमा थिच्नुपर्छ । त्यसपछि ब्ल्क यूजर बक्स मा गएर ब्लक गर्न मनलागेको मान्छे वा पेजलाई छानेर ब्लक मा क्लिक गर्नुपर्छ ।

कसैलाई ब्लक गर्दा केके हुन्छ भनेर लेखेको पेज आउँछ र ब्लक गर्नलाई ब्लक अप्स्नमा थिच्नुपर्छ । यसरी प्रयोगकर्ता ब्लक यूजर लिस्ट मा जान्छन् ।

फेसबुक एपमा कसरी ब्लक गर्ने ?

आईओएस र एन्ड्रेइडको मोबाइल एपमा ब्लक गर्नका लागि सर्वप्रथम एप खोलेर लग इन गर्नुपर्छ । त्यसपछि आफूलाई ब्लक गर्न मन लागेको प्रयोगकर्ताको प्रोफाइल पेजमा जानुपर्छ र मोर भन्ने अप्सनमा थिच्नुपर्छ ।

त्यसपछि ब्लक भन्ने अप्सनमा क्ल्कि गर्नुपर्छ । स्वीकृतिका लागि पपअप आउँछ जसमा पुनः ब्लक थिच्नुपर्छ । यसरीनै प्रयोगकर्तालाई ब्लक गगर्न सकिन्छ ।