कीवर्डहरू -

वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू

वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू

वर्ल्डलिंकको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या आउँदा केही समय इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

कम्पनीका अनुसार दिउँसो ३:५५ बजे सेवामा समस्या देखिएको थियो । त्यसपछि साँझ ४:५५ बजे आधा समस्या समाधान भएको र ५:२० सबै समस्या समाधान भएको कम्पनीले जनाएको छ ।

अझै पनि ग्राहकले यस्तो खालको समस्या भोगेको भए माइ वर्ल्डलिंक मोबाइल एप वा इ-सर्भिसमा गएर गुनासो गर्न कम्पनीले आग्रह गरेको छ ।  कम्पनीले १ घण्टा २५ मिनेट सेवा अवरूद्ध भएको र त्यसप्रति क्षमाप्रार्थी रहेको बताएको छ ।