कीवर्डहरू -

कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात

कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात

कोरोना महामारीका कारण राउटरको आयात ६ गुणाले वृद्धि भएको छ । महामारी शुरू भएपछि अनलाइन कक्षा, वर्क फ्रम होम लगायत अनलाइन सेवाको प्रयोग बढ्दै गएपछि इन्टरनेटको माग बढेको छ ।जसले गर्दा इन्टरनेट जडानको लागि चाहिने राउटरको आयातमा वृद्धि भएको हो ।

अनलाइन सेवाको प्रयोग बढ्दा त्यसका लागि इन्टरनेट आवश्यक पर्छ । जसका कारण उपभोक्ताले फिक्स्ड इन्टरनेट जडान गरेका छन् ।

फिक्स्ड इन्टरनेटका ग्राहक बढ्दा त्यसका लागि आवश्यक राउटरको पनि आयातमा उच्च वृद्धि देखिएको हो । चालु आर्थिक वर्षको जेठसम्म ६ लाख ९७ हजार ७९२ राउटर नेपाल भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठसम्म १ अर्ब ८३ करोड ८९ लाख ३६ हजार रूपैयाँका ६ लाख ९७ हजार ७९२ राउटर आयात भएका हुन् ।

गएको आर्थिक वर्षको सोही अवधिसम्म ११ करोड ९५ लाख ४५ हजार रूपैयाँका ६५ हजार ४४२  राउटर नेपाल भित्रिएका थिए । गत आवभन्दा यो आवको जेठसम्म ६ गुणा बढी राउटर भित्रिएका हुन् ।