कीवर्डहरू -

विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने 

विन्डोज ११ मा अब एन्ड्रोइड एप पनि चलाउन सकिने 

विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चलाउन सकिने भएको छ । माइक्रोसफ्टले हिजो आयोजना गरेको आफ्नो ‘वाट्स नेक्सट फर विन्डोज ईभेन्ट’ मा कम्पनीले नयाँ विन्डोज ११ ओएस सार्वजनिक गरेको हो ।

यमा धेरै नयाँ र आकर्षक सुविधा थप गरिएको छ । विन्डोज ११ मा अब एन्ड्रोइड एपहरु चल्ने हुँदा यो स्टार्ट मेन्युसँग पनि एकीकृत गरिएको छ ।

यो फिचर अमेजन र ईन्टेलको सहकार्यमा माइक्रोसफ्टले ल्याएको छ । यो टास्कबारमा आफ्नै छुट्टै आईकनका साथमा आउने छ । एन्ड्रोइड एपहरु डेस्कटप शर्टकटसँग पनि लञ्च हुनेछ ।

यी एपहरु माइक्रोसफ्ट स्टोरमा उपलब्ध हुनेछन् तर प्रयोगकर्ताहरुले यसलाई अमेजन एप स्टोरबाट पनि डाउनलोड गर्न सक्नेछन् ।

माइक्रोसफ्टले यो फिचरलाई सम्भव पार्न इन्टेल ब्रिज प्रविधिको प्रयोग गरेको छ । यसले गर्दा एन्ड्रोइड एप एकीकृत गर्ने प्रक्रिया अझै ‘सिमलेस र स्मुथ’ भएको कम्पनीले बताएको छ ।

एन्ड्रोइड एपहरु एएमडी प्रणालीमा पनि चल्ने कम्पनीले बताएको छ । एन्ड्रोइड एपले गर्दा मोबाइलका लागि अझै राम्रो ओएस हुने भएको छ ।

अहिले यस ओएसको अनआधिकारिक भर्सनहरु उपलब्ध रहेका छन् तर यो स्टेबल भर्सन भएकाले उपकरणलाई क्षति पुर्‍याउन सक्छ । विन्डोज ११ ओएसको बेटा भर्सन अर्काे हप्ता देखि उपलब्ध हुने भएको छ ।